नेभिगेशन
समाज

आज कति छ अमेरिकी डलरको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा तोकिएको छ।

Marvel

त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर १०६ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६३ पैसा र सिङ्गापुर डलर ११८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा, साउदी रियाल ४० रुपैयाँ ४० पैसा र कतारी रियाल ४१ रुपैयाँ ६० पैसा तोकिएको छ।

यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ५० पैसा, युएई दिराम ४१ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३७ पैसा, दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर २२ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा, कुवेती दिनार ४९१ रुपैयाँ ९१ पैसा, बहराइन दिनार ४०१ रुपैयाँ ६२ पैसा र ओमनी रियाल ३९३ रुपैयाँ ८३ पैसा कायम गरेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।
पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

नेपाल प्रहरीले पछिल्ला दिनमा प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको प्रष्टीकरण दिएको छ।
चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।