नेभिगेशन
समाज

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

काठमाडौँ । मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर लगभग उस्तै वर्षा गराउँदै पुनः पूर्वतर्फ सर्दै छ । वर्षा सुरु भएको करिब ३६ घण्टा भएको उनले उल्लेख गरेका छन् ।

Marvel

यस अवधिमा मनाङको तालमा पछिल्लो २४ घण्टामा १११ मिलिमिटर वर्षा भएको छ । यसपटक पनि सोही क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको हुनसक्ने पोखरेलको भनाइ छ ।

समग्रमा पूर्वानुमान गरिएभन्दा कम वर्षा भएको उनले बताएका छन् । हिमाली क्षेत्रमा परेको हिमपातका बीच यात्रु तथा पर्यटक सुरक्षित रहेको र किसानको धानबाली पनि अघिल्लोपटक जस्तो डुबानमा नपरेको उनले आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ।
पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

नेपाल प्रहरीले पछिल्ला दिनमा प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको प्रष्टीकरण दिएको छ।
चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।