नेभिगेशन
समाज

रविसँग बाढी प्रभावित पालिका अध्यक्षहरूको गुनासो- कहीँकतै समन्वय भएन

काठमाडौँ । रासस्वपा सभापति लामिछानले बाढी प्रभावित रसुवा र नुवाकोटका पालिका अध्यक्षहरुसंग टेलिफोन संवाद गरेका छन् । 
सभापति लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानीय तहका अध्यक्षहरुसंग संवाद गर्दै तत्काल उद्धार तथा राहतका लागि सरकारसंग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त संवादमा सभापति लामिछानेले बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीहरुले उठाएका समस्या र आवश्यकता बारे सोधेका थिए । 

Ncell
Extreme Energy

सभापतिसँग पालिका प्रमुखहरुले के भने ?
गोसाइकुँड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुनस्र्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने, शव व्यवस्थापनको काम तुरुन्त थाल्नुपर्ने र यसका लागि आवश्यक सामग्रीको अभाव रहेको, साथै विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनुपर्ने आवश्यकतामा जोड दिए ।

आमाछोदिङमो गाउँपालिका, रसुवाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरुको उद्धारका लागि तत्काल थप उपाय अपनाउनुपर्ने र सीमित मात्रामा भए पनि जेनेरेटरको व्यवस्था गरी विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए ।

कालिका गाउँपालिका, रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल जोड्नुपर्ने, तातो खाना पकाउनका लागि ग्यासको पूर्ण अभाव रहेकाले तत्काल एक हजार ग्यास सिलिन्डर व्यवस्थापन गर्नुपर्ने, विद्युत प्राधिकरणले खम्बा गाड्ने र तार तान्ने काम तुरुन्त सुरु गर्नुपर्ने बताएका थिए भने जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नरहेको गुनासो समेत गरेका थिए ।

उत्तरगया गाउँपालिका, रसुवाका अध्यक्ष माधव प्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्याका रुपमा औंल्याए ।
साथै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुले नियमित जनसुरक्षाका कार्यहरु गर्न नसकेकाले सुरक्षा प्रत्याभूत हुन नसकेको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग गरे ।

बेलकोटगढी गाउँपालिका, नुवाकोटका अध्यक्ष जगत बहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितहरुका लागि अस्थायी वासस्थानको व्यवस्था गर्नुपर्ने बताउनुका साथै प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा कठिनाइ भइरहेको जानकारी गराए ।

गजुरी गाउँपालिका, धादिङका अध्यक्षले हाल कम्तीमा १०० वटा टेन्टको आवश्यकता रहेको भन्दै वैकल्पिक आवासको व्यवस्था तत्काल गर्नुपर्ने बताए ।

सभापति लामिछानेले के भने ?
सम्पूर्ण पालिका अध्यक्षहरुले उठाएका समस्या र सुझावहरु गम्भीरतापूर्वक सुनेपछि सभापति रवि लामिछानेले नेपाल सरकार र सम्बन्धित निकायहरुसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरुको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 
संवाद लगत्तै सभापति लामिछानले विभागीय मन्त्रिहरुसँग तत्कालै समन्वय गर्दै पालिका प्रमुखहरुको गुनासो यथोचित सम्बोधनका गर्न भनेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव भेटिएको छ ।
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।