नेभिगेशन
समाज

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

काठमाडौँ । जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गए राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेर दुर्घटना भएको हो । 

Marvel
Extreme Energy

दुर्घटनामा चालकसहित ७ जना सवार रहेकोमा घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो ।

उपचारका क्रममा राति ८:३५ बजे जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष ३५ की सुना मंगोलाको मृत्यु भएको छ ।

घाइतेहरूको विवरणः
१. जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष २२ की सोमनी मंगोला — भित्री चोट, अवस्था मध्यम ।
२. सोही स्थान बस्ने वर्ष ११ का अविनास राम लुहार ( खुट्टामा चोट, अवस्था मध्यम) ।
३. सोही स्थान बस्ने वर्ष १६ का निरज बस्केल ( टाउको र ढाडमा चोट, अवस्था मध्यम) ।
४. सोही स्थान बस्ने वर्ष २४ का करन सिंह मंगोला ( सामान्य चोट, अवस्था सामान्य) ।
५. सोही स्थान बस्ने वर्ष २२ का सुनिल बस्केल ( टाउको र दायाँ खुट्टामा चोट, अवस्था सामान्य) ।
६. सोही स्थान बस्ने जिप चालक वर्ष ३६ का सन्तोष राम लुहार ( टाउकोमा चोट, अवस्था मध्यम) ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...

भर्खरै