नेभिगेशन
समाज

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोध रहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन् ।

Marvel
Extreme Energy

चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था मिलाउन उनले स्पष्ट निर्देशन दिएका छन् ।

त्यसैगरी, आगामी सुख्खा याममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावना समेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिए ।

उनले सुख्खा याममा हुन सक्ने माग र उपलब्ध विद्युतको अवस्थाको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना र प्रस्तुतीकरण पेस गर्न निर्देशन दिए ।

बैठकमा मन्त्री श्रेष्ठले विद्युतीकरणको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।
अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

पत्नीको हत्या गरेर शव क्षतविपत पारेर लुकाएको अभियोगमा मुद्दा खेपिरहेका नेपाली मुलका अमेरिकी नागरिक नरेश भट्टले अदालतमा बयान दिएका छन् ।

भर्खरै