नेभिगेशन
समाज

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

न्युयोर्क । प्रगतिशील डेमोक्रेट उम्मेदवार अब्दुल अल-सयदले मिसिगनको खुला सिनेट सिटको कडा प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई पराजित गरेका छन् । सयद इजिप्टियन आप्रवासीका छोरा हुन् र उनी अमेरिकाको इतिहासमै पहिलो मुस्लिम सिनेटर बनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति जेडी भान्स र राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि व्यंग्य गरेका छन् । 

Marvel
Extreme Energy

विशेषगरी ट्रम्पले उनलाई इस्लामविरोधी (इस्लामोफोबिक) आक्रमणको निशाना बनाएका थिए र उनको अरबी नामको उपहास उडाएका थिए । ट्रम्पले उनलाई 'जिहादी'सम्म भनेका थिए ।

उपराष्ट्रपतिलाई भने,  जेडी, हबीबी

अल-सयद र उपराष्ट्रपति जेडी भान्सबीच चुनावी प्रचारका क्रममा महिनौँसम्म वाक्युद्ध (भनाभन) चलेको थियो । आफ्नो पार्टीको उम्मेदवार रोजर्सको पक्षमा प्रचारप्रसार गरेका भान्सले अल-सयदलाई 'अत्यन्तै, अत्यन्तै दुष्ट' भनेका थिए ।

जवाफमा सयद भने, 'जेडी, हबीबी, यो एउटा अनौठो विडम्बना हो—तिमी आउँदो जनवरीमा मलाई संवैधानिक रूपमा शपथ ग्रहण गराउन बाध्य छौ ।'

उपराष्ट्रपति जेडी भान्सलाई 'हबीबी' भनेपछि चर्चाको विषय बनेको छ । 

चुनावी अभियानका क्रममा आफ्नो नाम र धर्मलाई लिएर निसाना बनाइएका अल-सयदले अरबी भाषाको एक स्नेही शब्दलाई व्यङ्ग्यको रूपमा प्रयोग गरेका हुन् । अल-सयदले भने, 'जेडी, हबीबी! आउँदो जनवरीमा तिमीले नै मलाई संवैधानिक रूपमा सपथ ग्रहण गराउनुपर्ने बाध्यता छ, यो भन्दा मीठो व्यङ्ग्य अरू के हुन सक्छ र!'

अरबी शब्द 'हबीबी'को शाब्दिक अर्थ 'मेरो माया' 'मेरो प्रिय', 'प्यारो' वा 'प्रियजन' भनेर बुझिन्छ । साथीभाइ, प्रेमी-प्रेमिका वा परिवारका सदस्यहरूलाई मायाले बोलाउन यो शब्द प्रयोग गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।
अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

पत्नीको हत्या गरेर शव क्षतविपत पारेर लुकाएको अभियोगमा मुद्दा खेपिरहेका नेपाली मुलका अमेरिकी नागरिक नरेश भट्टले अदालतमा बयान दिएका छन् ।

भर्खरै