नेभिगेशन
समाज

सरकारलाई सिकाउने सहसचिव निरौलालाई शव व्यवस्थापनको जिम्मा

काठमाडौँ । सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनको जिम्मेवारी सहसचिव कोशहरि निरौलालाई दिएको छ । निरौला हाल कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सहसचिव निरौलालाई तत्कालैदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रुपमा प्रयोग गर्ने गरी रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई काम गर्न काजमा खटाएको हो ।

Ncell
Extreme Energy

उनलाई बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी तोकिएको छ ।

निरौलाले हिजो मात्रै फेसबुकमा कोभिडकालमा मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव सुनाउँदै शव व्यवस्थापनबारे आफ्नो धारणा राखेका थिए।

उनले फेसबुकमार्फत उक्त धारणा सार्वजनिक गरेको भोलिपल्ट मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी बाढी प्रभावित क्षेत्रमा अनुभवी कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनलाई रसुवाको टिमुरे क्षेत्रमा काजमा खटाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।