नेभिगेशन
समाज

नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

हालसम्म ९ जना पक्राउ परिसकेको प्रहरीद्वारा जानकारी

काठमाडौँ । बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्याका एक आरोपीले बयान दिएको भिडिओ कसरी सार्वजनिक भयो भनेर प्रहरीले नै अनुसन्धान सुरु गरेको छ ।

सामाजिक सञ्जालमा आरोपीको बयान ‘भाइरल’ भएपछि सर्वत्र प्रहरीको आलोचना भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले उक्त भिडिओ कसरी सार्वजनिक भयो भनेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘भिडिओ कसरी सार्वजनिक भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौं’ डीएसपी घलेले सिधाकुरासँग भने ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार सार्वजनिक भएको भिडिओ अस्पतालको हो । स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा उक्त भिडियो खिचिएको प्रहरीको भनाइ छ ।

उक्त भिडियोबारे मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले पनि चासो राखेका छन् ।

जितपुरसिमरा उपमहानरपालिका–१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै