नेभिगेशन
समाज

नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

हालसम्म ९ जना पक्राउ परिसकेको प्रहरीद्वारा जानकारी

काठमाडौँ । बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्याका एक आरोपीले बयान दिएको भिडिओ कसरी सार्वजनिक भयो भनेर प्रहरीले नै अनुसन्धान सुरु गरेको छ ।

सामाजिक सञ्जालमा आरोपीको बयान ‘भाइरल’ भएपछि सर्वत्र प्रहरीको आलोचना भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले उक्त भिडिओ कसरी सार्वजनिक भयो भनेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘भिडिओ कसरी सार्वजनिक भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौं’ डीएसपी घलेले सिधाकुरासँग भने ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार सार्वजनिक भएको भिडिओ अस्पतालको हो । स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा उक्त भिडियो खिचिएको प्रहरीको भनाइ छ ।

उक्त भिडियोबारे मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले पनि चासो राखेका छन् ।

जितपुरसिमरा उपमहानरपालिका–१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...