नेभिगेशन
समाज

रसुवा बाढीबारे तिब्बतबाट आइरहेछ दुई सूचना

काठमाडौं ।  भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा विध्वंश निम्त्याएको छ । बाढी गल्छी हुँदै मलेखु पुगेकाले क्षतिको विस्तृत विवरण आइसकेको छैन । बाढीले टिमुरे भन्सार कार्यालय, तीनवटा प्रहरी चौकी, नुवाकोट कारागार, तटीय क्षेत्रमा रहेका बजारहरू खण्डहर तुल्याएको प्रारम्भिक विवरण छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवा बाढीको कारणबारे हामीले बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविद् विनोद ढकाललाई सोध्यौं ।

Ncell
Extreme Energy

रसुवा वा उपल्लो क्षेत्रमा पानी परेर बाढी आएका नभइ तिब्बती क्षेत्रबाटै उत्पत्ती भएको यकिन भएको छ । ढकालका अनुसार तिब्बती निकायले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दुई फरकफरक सूचना दिएको छ ।

उनका अनुसार सुरूमा तिब्बती निकायले वर्षातका कारण पहिरो खसेर नदी थुनिएको र एक्कासि विस्फोट भएको हुन सक्ने औंल्याएको थियो । पछि हिमताल विस्फोटको आशंका गरेको छ ।

‘के कारणले भीषण बाढी आयो भन्नेमा तिब्बती निकाय पनि यकिन हुन सकेको छैन । सुरूमा पहिरो खसेर थुनिएको नदी एक्कासि खोलिएको हुनसक्ने आकलन गरेको थियो,’ उनले भने, ‘अहिले ग्लफ (हिमताल विस्फोट) को आशंका गरेको छ ।’

उनले रसुवा बाढीबारे विश्लेषण गर्न भूउपग्रह प्रणालीबाट कैद भएका भोटेकोशी नदीको माथिल्लो जलाधार क्षेत्रका तस्बिरहरू झिकाउने काम भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीपछि स्वास्थ्य मन्त्रालयले गर्‍यो आपतकालीन प्रणाली सक्रिय

रसुवा बाढीपछि स्वास्थ्य मन्त्रालयले गर्‍यो आपतकालीन प्रणाली सक्रिय

रसुवामा आएको बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ।
भोटेकोशी बाढीको जोखिम सुस्तासम्मै

भोटेकोशी बाढीको जोखिम सुस्तासम्मै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीको जोखिम सुस्तासम्म रहन सक्ने आकलन गरिएको छ।
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् ।