नेभिगेशन
समाज

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Marvel
Extreme Energy

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट रु ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुल्न आएको छ । निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...