नेभिगेशन
सबै कुरा

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुंगा सडक अवरूद्ध

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले नागढुंगा सडक अवरूद्ध गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार दिउँसो चन्द्रागिरी नगरपालिका–३ थानकोटमा कलंकीबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

Ncell
Extreme Energy

दुर्घटनामा परि स्कुटरमा सवार चन्द्रागिरी–२ नागढुंगा बस्ने ४० वर्षीय  श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।

उनीहरुलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको र अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन् । 

खरिबोट, थानकोट र नागढुंगा चेकपोइन्टमा स्थानीयले सडक अवरुद्ध गरेका हुन् । 

ट्रक र चालक दुवैलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।
सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका गुदेलस्थित हुङ्गा (हुङ्कु)खोला पहिरो खसेर थुनिएको छ ।

भर्खरै