नेभिगेशन
सबै कुरा

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुंगा सडक अवरूद्ध

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले नागढुंगा सडक अवरूद्ध गरेका छन् ।

शुक्रबार दिउँसो चन्द्रागिरी नगरपालिका–३ थानकोटमा कलंकीबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

Dish Home
Global Ime Bank

दुर्घटनामा परि स्कुटरमा सवार चन्द्रागिरी–२ नागढुंगा बस्ने ४० वर्षीय  श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।

उनीहरुलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको र अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन् । 

खरिबोट, थानकोट र नागढुंगा चेकपोइन्टमा स्थानीयले सडक अवरुद्ध गरेका हुन् । 

ट्रक र चालक दुवैलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको हो ।  बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।
पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

कानुनी स्रोतका अनुसार, बुधबारदेखि सुरु हुने बयान छोटो समयमा सक्ने रणनीति बनाइएको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ, जहाँ नेपाल पक्षले उनलाई साधारण तारेखमा छाडेर मुद्दा अघि बढाउनुपर्ने...
सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।