नेभिगेशन
समाज

फुटबलर साम्बालाई भएको के हो ?

काठमाडौं।  राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेपछि समर्थकहरुले उनलाई के भएको हो भन्ने चासो व्यक्त गर्न थालेका छन् ।

करिव दुई महिनादेखि मैदानबाहिर रहेकी साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन्। उनले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको र उपचारका लागि पुनः जटिल शल्यक्रिया आवश्यक रहेको उल्लेख गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि एन्फा नेतृत्वको पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त भएकाले आफू समयमै पुनरागमन गर्न सफल भएको उनले स्मरण गरेकी छन्। तर यसपटक भने एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ। चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको उनले बताएकी छन्।

Ncell
Extreme Energy

साम्बा अहिले न्युजिल्यान्डको क्लबमा आबद्ध छिन्। क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि आफ्नो चोट गम्भीर रहेको भन्दै उनले कतारको अस्पेटार अस्पतालमै उपचार गराउने चाहना राखेकी छन् । उपचारका लागि करिव ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान छ। एन्फाबाट अपेक्षाकृत सहयोग पाउन नसकेको उनको गुनासो छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...