नेभिगेशन
समाज

फुटबलर साम्बालाई भएको के हो ?

काठमाडौं।  राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेपछि समर्थकहरुले उनलाई के भएको हो भन्ने चासो व्यक्त गर्न थालेका छन् ।

करिव दुई महिनादेखि मैदानबाहिर रहेकी साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन्। उनले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको र उपचारका लागि पुनः जटिल शल्यक्रिया आवश्यक रहेको उल्लेख गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि एन्फा नेतृत्वको पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त भएकाले आफू समयमै पुनरागमन गर्न सफल भएको उनले स्मरण गरेकी छन्। तर यसपटक भने एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ। चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको उनले बताएकी छन्।

Ncell
Extreme Energy

साम्बा अहिले न्युजिल्यान्डको क्लबमा आबद्ध छिन्। क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि आफ्नो चोट गम्भीर रहेको भन्दै उनले कतारको अस्पेटार अस्पतालमै उपचार गराउने चाहना राखेकी छन् । उपचारका लागि करिव ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान छ। एन्फाबाट अपेक्षाकृत सहयोग पाउन नसकेको उनको गुनासो छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।

भर्खरै