नेभिगेशन
सबै कुरा

एमालेले सरकारलाई बुझायो मध्यपहाडका समस्याबारे ७५१ बुँदे माग

काठमाडौं । नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका  हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ वटा क्षेत्रका ७५१ वटा मागहरू प्राप्त भएका थिए । गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए ।

Ncell
Extreme Energy

यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए ।

ज्ञवालीले सडक, शिक्षा, पर्यटन कृषि फलफूल र स्वास्थ्य बढी प्राथमिकताका साथ जनताले उठाएको उनले बताए । ध्यानाकर्षण पत्र  बुझ्दै प्रधानमन्त्री   प्रचण्डले प्राप्त मागहरू ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको ज्ञवालीकाे दाबी ५  । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।