नेभिगेशन
सबै कुरा

अरुण चौधरीः सरकारी जग्गामा लामो हात, २५ कम्पनीका मालिकको हिरासत बास

काठमाडौँ । नेपालको चर्चित ब्यापारिक घरना चौधरी समूहका अरुण कुमार चौधरी पक्राउ परेका छन् । आठ फरक–फरक क्षेत्रका २५ कम्पनी र व्यवसायका मालिक चौधरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहिबार सरकारी जग्गा हिनामिनाको आरोपमा आफ्नै निवासबाट पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो आरोपमा ब्यूरोले सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । 

Ncell
Extreme Energy


उनीहरुमाथि सरकारी स्वमित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेर सीजी रेसिडेन्सी प्रा.लि.को नाममा नामसारी गरेको आरोप छ ।नेपालको एक मात्र डलर अर्बपति बिनोद चौधरीको सहोदर कान्छो भाइ अरुणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले सीआईबीलाई अनुमति दिइसकेको छ । 

उद्योगी चौधरी पक्राउलाई लिएर निजी क्षेत्रका संघ संस्थाहरुले आपत्ति जनाएका छन् । बिगं्रदो आर्थिक अवस्थालाई थप मलजल गर्न उद्योगी व्यवसायीमाथि राज्यले धरपकड गरेको उद्योगी व्यवसायीहरुको छाता संगठनहरुको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार नै एक विज्ञप्ति जारी गर्दै राज्यले पहिले पक्राउ गरेर प्रमाण जुटाउने शैलीले उद्योगी व्यवसायीको मानमर्दन भएको भन्दै आपत्ति जनाएको छ । 

यस्तै, उद्योगी व्यवसायीहरुको अर्को छाता संस्था नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलनकै आयोजना गरेर आरोप प्रमाणित नहुँदै चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । परिसंघले उद्योगी एवम् व्यवसायी अरुण चौधरी पक्राउको निर्णय सच्याउन पनि माग गरेको छ । 

को हुन पक्राउ परेका चौधरी ?

काठमाडौँको न्यूरोडमा कपडाको व्यापार गर्ने लुनकरणदास चौधरीका ३ भाइ छोराहरु छन् । जेठो बिनोद चौधरी, माइलो बसन्त चौधरी र कान्छो अरुण चौधरी । लुनकरणले सुरु गरेको व्यवसायलाई बिस्तार गर्दै तीनै भाइ मिलेर खडा भयो चौधरी ग्रुप । खाद्य, पेय, निर्माणदेखि सेवा क्षेत्र हुँदै बैंक तथा वित्तिय संस्था, ट्रेडिङदेखि रियल स्टेटसम्म यो समूहको लगानी फैलियो । 

बाबु लुनकरणदासको बिरासतमा बनेको चौधरीको साम्राज्यमा तीनै भाइ एकै ठाउँमा भने रहन सकेनन् । सम्पत्तिको अंशबण्डा गरियो । बाबुको व्यापारको बिणो थामेका जेठो छोरा बिनोदले चौधरी ग्रुप नामको ब्राण्डसहितका धेरै जसो उद्योग र व्यवसाय आफ्नो भागमा राखेर भाइहरुको सम्पत्ति भाग छुट्याए । जसमा माइलो भाइ बसन्त चौधरीको नाममा नर्भिक अस्पताल र पशुपति बिस्कुट उद्योग भाग प¥यो । अरुण चौधरीको भागमा चाँदबाग स्कुल, हिमालयन ब्रुअरी, सुजुकीको नेपाल बिक्री लगायतका कम्पनी भागमा प¥यो । पुख्र्यौली सम्पत्तिका अलवा अरुण आफैँले छुट्टा भिन्दै भएपछि आफ्नो व्यवसायलाई सीजी होल्डिङ्सको नाममा बिस्तार थाले । उनी सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक हुन् । जसअन्र्तगत ८ फरक फरक क्षेत्रका दर्जनौँ उद्योग तथा व्यवसायहरु सञ्चालनमा छन् । 

होल्डिङ्स अन्र्तगत खाद्यन्न देखि रियल स्टेट, रेमिट्यान्स, ट्रेडिङ र अटोमोबाइलमा अरुणले आफ्नो व्यापार बिस्तार गरेका छन् । अटोमोबाइल व्यवसायमा यो समूहले नेपालमा सुजुकी गाडीको एजेन्सी बिक्रि गर्छ । यस्तै नेपाल ल्युव आयल अन्तरर्गत गल्फ लुब्रिकेन्टको कारोबार पनि होल्डिङ्सको प्रमुख कारोबार हो । यस्तै, सीजी लर्निङ अन्र्तगत समूहले भक्तपुरमा काठमाडौँ वल्र्ड स्कुल, सीजी इन्स्टीच्युट अफ म्यानेजमेन्ट, एक्सएल कलेज र प्रिमियर कलेज सञ्चालन गरेको छ ।  

कम्पनीले त्रिशक्ति डिस्टीलरी र हिमालयन ब्रुअरीमार्फत मदिराको उत्पादन र बिक्री गर्ने गरेको छ भने वित्तिय क्षेत्रतर्फ सीजी रेमिट्यान्स कम्पनी सञ्चालनमा छ । कम्पनीले सेफ ब्राण्डमा खाने तेलको उत्पादन र बिक्री पनि गर्दै आएको छ । हस्पिटालिटी क्षेत्र अन्र्तगत होटल र रिर्सोट निर्माण तथा व्यवस्थापनमा पनि यो समूह आक्रामक छ । यो समूहले मिराइकी रिर्सोट, टाइगरल्याण्ड सफारी रिर्सोट सञ्चालन गरिरहेको छ भने भंगेरी दरबार रिर्सोट, क्राउन प्लाजा होटल र लेमन ट्री होटल सञ्चालनको चरणमा छन् । घरजग्गा र अर्पाटमेन्ट कारोबारमा आक्रामक समूहसँग काठमाडौँ उपत्यकामै दर्जनौँ अपार्टमेन्ट  र भिल्लाहरु छन् । 

सीजी प्रोपर्टी अन्तर्गत यो समूहले सीटी स्केप टावर हात्तिवन, सीटी स्केप भिल्ला हात्तिवन र सीजी भिल्ला एक सुनाकोटी परियोजना सम्पन्न गरिसकेको छ । यस्तै, सीजी भिल्ला फेज २ सुनाकोटी, लेक भ्यू फेज १ र २ धापाखेल निर्माणको चरणमा छ । यस्तै सीजी हाइट भैंसेपाटी, बुढानिलकण्ठ, र पनौती फेज एक, दुई, तीन निर्माण सम्पन्न हुने चरणमा छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

भर्खरै