नेभिगेशन
समाज

सावधान ! मौसम राम्रो छैन

सिधाकुरा । २०८१ असारमा चितवनको सिमलतालमा लेदो सहितको पहिरोले दुई वटा बस बगाएर त्रिशुलीमा खसाल्यो ।  २५ जनाको शव भेटिएको उक्त दुर्घटनामा हराएका झण्डै तीन दर्शनको अझै कुनै अत्तोपत्तो छैन् । सोही वर्ष असोज १२ र १३ गतेको बाढी र पहिरोमा ललितपुर जस्तो सहरी क्षेत्रमै मानिसहरू पहिरोमा पुरिए, बाढीमा बगे ।    

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही दिनको बाढी र पहिरोमा थानकोट नजिकै झ्याप्ले खोलामा साना ठूला गरी आधा दर्जन भन्दा धेरै गाडी पहिरोमा पुरिए । यात्रुसहित आधा दर्जन मानिसको गाडीमा पुरिएर मृत्यु भएको खबर तीन दिन पछि मात्रै सरकार र उद्धारकर्ताले थाहा पाए ।

Ncell
Extreme Energy

एक वर्ष अघिको उक्त बाढी र पहरोमा काठमाडौँ उपत्यकासहितका २१ जिल्ला पूर्ण रुपमा प्रभावित भयो । यो बाढीमा २२४ जनाको मृत्यु भयो । २४ जना बेपत्ता भए भने १५८ जना घाइते भए । बाढी पहिरोको अन्तिम क्षति विवरणअनुसार १७ अर्ब भन्दा धेरैको धनजनको क्षति भयो । गएको वर्षको यो विध्वंशमा सरकार भएर पनि आम जनतालाई भए नभएको पत्तै भएन । पूर्व सूचना र तयारी नहुँदा धेरै सपनाहरू बाढी र पहरोमै बिलाए । 

यो सबै तथ्याङ्क एक वर्ष पछि हामी तपाईँहरूलाई किन भन्दै छौँ भने विगतको जस्तै वा त्यो भन्दा ठूलो बाढी र पहिरोको विध्वंश फेरी हाम्रो सन्निकटमा आइपुगेको मौसमविद्हरुले बताएका छन्।

उनीहरूकै भनाइलाई आधार मान्दै हाम्रो पनि आम जनतालाई आग्रह छ, तपाईं घरमा हुनुहुन्छ भने घरमै रहनुहोस् । यात्रामा हुनुहुन्छ भने छिटो यात्रा पुरा गर्नुस् । आजै सरकारले तोकेको जोखिमयुक्त क्षेत्र छोडेर सुरक्षित रहनुस् । शनिवार, आइतबार, सोमबार र मंगलबारसम्म सुरक्षित क्षेत्रमा बस्नुस् ।

हामी डर बाँडीरहेका छैनौँ, यो त्रास पनि होइन र भ्रम मात्रै पनि होइन । यो सत्य हो, अबको केही दिन कोशी, मधेश,बागमति, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा अति भारी वर्षाको पूर्वानुमान गरिएको छ । जसले विध्वंशकारी क्षतिको जोखिम रहेको भन्दै सरकारले सचेत रहन अपिल समेत गरिएको छ ।

किन भयो डर लाग्दो भविष्यवाणी
नेपालमा यो वर्षको मनसुन गएको जेठ १५ गते भित्रिएको थियो । तर यो सक्रिय भने असार ६ बाट भयो र देशभर फैलियो । जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया  मनसुन अक्टोबर २ अर्थात असोज १६ मा बाहिरिनुपर्ने थियो । पुन: सक्रिय भएको छ ।

स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण बिहीबार दिउँसै देखि नेपालका आधिकांश क्षेत्रमा मौसम धुम्म  भएको छ र केही स्थानमा पानी पर्न सुरु भएको छ ।  शुक्रबार अपरान्हबाट भने केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अर्थात शनिबार र आइतबार सामान्य अवस्थामा भन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ।

मौसमविद्काअनुसार बंगालको खाडीबाट उत्तरतिर सर्दै आएको नयाँ प्रणालीले भारतको बिहार, आसाम, मेघालय, सिक्किम लगायतका क्षेत्रमा भारी वर्षा गराउने पूर्वानुमान गरिएको छ । भारतको बिहारमा यो प्रणाली थप विकसित भएपछि नेपालको कोशी प्रदेशबाट नेपाल प्रवेश गर्ने र पश्चिमतिर फैलिने पूर्वानुमान गरिएको छ । 

जसका कारण शनिबार साँझ पूर्वी नेपालबाट मनसुन सक्रिय भएपछि आइतबार त्यो प्रणाली पश्चिमतिर मधेश, गण्डकी, बागमती हुँदै लुम्बिनी प्रदेशको मध्यभागसम्म पुग्ने मौसमविद्हरूको अनुमान छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने अनुमान गरिएको छ ।

कत्रो पर्दैछ पानी ?

सामान्यतया २४ घण्टाको बीचमा १०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई भारी वर्षा मानिन्छ । यस्तो पानी पर्नाले पहिरो तथा बाढीको जोखिम उच्च हुने मौसमविदहरु बताउँछन् । 

पछिल्लो पूर्वानुमानअनुसार पछिल्लो विकसित प्रणालीले मधेश प्रदेशदेखि बागमतीका केही ठाँउमा तीन/चार दिनको अवधिमा ४ सय ४५ मिलिमिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

भारी वर्षाका कारण महोत्तरी देखि मकवानपुर, चितवन, सिन्धुली, काठमाडौँ उपत्याका, धादिङ, नुवाकोट, गोरखा, काभ्रे देखि सिन्धुपाल्चोकसम्मका क्षेत्रहरुमा भारी वर्षाको सम्भावना छ । पूर्वबाट प्रवेश गरेको मौसमी प्रणाली सूदुरपश्चिमसम्मै फैलिने भएका कारण यसको अन्य क्षेत्रमा पनि असर पर्ने अनुमान गरिएको छ। 

शनिबार काठमाडौँ उपत्यकामा मात्रै ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविद्ले गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार दिउँसोबाट दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र शनिबार दिउँसोबाट भारीदेखि अतिभारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

मौसमविद्  पोखरलले बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थान वर्षाबाट प्रभावित हुने तथा लुम्बिनी र गण्डकीका केही स्थानमा पनि अति भारी वर्षा हुन सक्ने उल्लेख गरेका छन् । उनले बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने बताए । उनले शनिबार राति सचेत रहन सुझाव दिँदै सकेसम्म शनिबार र आइतबार यात्रा नगर्न भनेका छन् ।

सरकार हाईअलर्टमा, हामी पनि सतर्क बनौ

अत्यास लाग्दो मौसमी पूर्वानुमानसँगै सरकारले गत वर्षको जस्तो अवस्थाबाट जनतालाई पहल सुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पिवद् पूर्व तयारी अवस्थाबारे जानकारी लिएका छन् भने सुरक्षाकर्मीहरु देशभरका जिल्ला प्रशासनलाई उच्च सतर्कतासाथ रहन निर्देशन दिएका छन् । 

सडक विभागले बागमति प्रदेश सहितका विभिन्न राजमार्गमा रातिमा यात्रा नगर्न पूर्व सूचना जारी गरेको छ । साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। ललितपुर जिल्ला प्रशासनले शुक्रबार मात्रै चोभार गल्छीको अवलोकन गरेको छ भने डुवान र बाढीयुक्त क्षेत्रमा उच्च सतर्कतामा रहन र ति ठाउँहरु छोड्न समेत सर्वसाधरणलाई माइकिङ गरेर आग्रह गरेको छ । 

धादिङ, चितवन, मकवानपुर, सिन्धुपाल्चोक जिल्ला प्रशासनले जिल्लाका रातिको समयमा सडक यात्रा नगर्न अपिल गरिसकेका छन् । भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले इन्जिनियर र अपरेटरलाई जोखिमयुक्त राजमार्ग क्षेत्र नजिक सुरक्षित ठाउँमा पुग्न निर्देशन दिइसकेका छन् । सडक र पूर्वाधार क्षेत्रका कर्मचारीलाई विपद् प्रतिकार्याका लागि तयार रहन पनि उनले सबै कर्मचारीलाई आग्रह गरेका छन् ।

अरु त अरु काठमाडौँ जिल्ला प्रशासनले समेत रातिमा उपत्याकामा यात्रा नगर्न सूचना जारी गरेको छ । यसको अर्थ यस पटकको मौसमी जोखिम कति भयाकन छ भन्ने संकेत गर्छ ।  दशैंको बेलाका कारण टिका र आर्शिवाद थाप्न सर्वसाधरणलाई भ्याई नभ्याई छ । सरकारी सूचनाहरु बेवास्ता गरेर हामीहरु फुत्त निश्कन पनि माहिर छौँ । तर, यस पटक सतर्क बनौँ ।

वर्षा र बाढी सम्बन्धि थप समाचार
भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनू: प्रधानमन्त्रीको कार्यालय

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

तनहुँ, चितवन र धादिङमा पनि अत्यावश्यक बाहेक सडक यात्रा नगर्न आग्रह

सिन्धुपाल्चोमा रातका समयमा सवारी सञ्चालनमा रोक

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षाको सम्भावनाः मौसमविद

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...