नेभिगेशन
समाज

तनहुँ, चितवन र धादिङमा पनि अत्यावश्यक बाहेक सडक यात्रा नगर्न  आग्रह

 पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका  जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमानबमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रुपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ । 

Marvel

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय आगामी २० गते सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्नु हुन तथा रातको समयमा यात्रा नगर्नूहुन अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्नुहुन अनुरोध गरिएको छ  ।
समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन हुन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिनु हुन सम्पूर्ण यात्रु महानुभाव एवं सङ्घ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताए ।

सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी शरणकुमार विक ९८५६०६२२५५, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहाल ९८५१२२९८६० र जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...