नेभिगेशन
समाज

तनहुँ, चितवन र धादिङमा पनि अत्यावश्यक बाहेक सडक यात्रा नगर्न  आग्रह

 पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका  जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमानबमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रुपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ । 

Ncell
Extreme Energy

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय आगामी २० गते सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्नु हुन तथा रातको समयमा यात्रा नगर्नूहुन अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्नुहुन अनुरोध गरिएको छ  ।
समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन हुन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिनु हुन सम्पूर्ण यात्रु महानुभाव एवं सङ्घ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताए ।

सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी शरणकुमार विक ९८५६०६२२५५, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहाल ९८५१२२९८६० र जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...
घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

बिहीबार राति मधेशकेन्द्रीत दलहरुसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म...
राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न गएका पुगेका हुन् ।
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...