नेभिगेशन
समाज

सिन्धुपाल्चोमा रातका समयमा सवारी सञ्चालनमा रोक

सिन्धुपाल्चोक । जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान  जारी गरेपछि सम्भावित बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
    
त्यस्तै  जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको बैठकले  यही असोज १७ देखि २० गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सुरक्षित भएर चल्न पाउनेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल गर्दै सुरक्षा परिचालनको तयारी पूरा भएको प्रशासनले जनाएको छ । बैठकले स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य संस्था र स्वयंसेवकलाई विपद् व्यवस्थापनमा पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
–––

Marvel

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...