नेभिगेशन
समाज

उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षाको सम्भावनाः मौसमविद

काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदले जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार दिउँसोबाट दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र शनिबार दिउँसोबाट भारीदेखि अतिभारी वर्षा हुन सक्ने जनाएका हुन् । 
सामाजिक सञ्जालमा विवरण राख्दै मौसमविद  पोखरेले बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थान वर्षाबाट प्रभावित हुने तथा लुम्बिनी र गण्डकीका केही स्थानमा पनि अति भारी वर्षा हुन सक्ने उनले उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

शनिबार राति सचेत रहन सुझाव दिदै उनले बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने बताए । उनले शनिबार राति सचेत रहन सुझाव दिँदै सकेसम्म शनिबार र आइतबार यात्रा नगर्न भनेका छन्।

उनले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्, 'पानी त आज दिउँसोबाट सुरू हुन्छ तर आज दिनभरि हल्कादेखि मध्यम वर्षा मात्र छ। भारीदेखि अति भारी वर्षा भोलि दिउँसोबाट सुरू हुने र भोलि राति भने सचेत हुनुपर्ने छ। सकेसम्म भोलि दिउँसोदेखि आइतबारसम्म यात्रा नगर्न सुझाव छ। काठमाडौं उपत्यकामा ८-१२ घन्टासम्म भारी वर्षाको सम्भावना छ।'

बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने जल तथा मौसम विभागले जनाएको छ ,
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...