नेभिगेशन
मुख्य समाचार
डेडिकेटेड तथा ट्रंक लाइन विवाद

कुलमानले काटे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नतिर्ने ६ उद्योगको लाइन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला ६ उद्योगको विद्युत् लाइन काटेको छ । 

प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति लाइन काटेको हो ।

CG

यी उद्योगहरूले लामो समयदेखि बक्यौता रकम तिरेका छैनन् । प्राधिकरणका अनुसार जगदम्बा स्टीलले एक अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख रुपैयाँ र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ विद्युत महसुल तिर्न बाँकी छ ।

यो बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने प्राधिकरणले जनाएको छ । 
डेडिकेटेड तथा ट्रंक लाइन विवादकै कारण तत्कालिन सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । जेनजी आन्दोलनपछि कुलमाननै उर्जा मन्त्री बनेका थिए । पदभार ग्रहण गर्दै उनले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल उठाउने निर्णय गरेका थिए । तोकिएको समयमा महसुल नतिरे लाइन काटीने चेतावनी यस अघिनै दिएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारमा पुग्यो रास्वपा !

सरकारमा पुग्यो रास्वपा !

बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भः डिपी अर्याल

बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भः डिपी अर्याल

उनले लेखेका छन्, ‘बलियो राजनीतिक शक्ति बन्ने अभियानमा रास्वपा थप विस्तारित र  सुदृढ बन्दै छ । बालेन र कुलमानजीसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ...
रास्वपामा कुलमानलाई रवि पछिको वरियता, उज्यालो नेपाल पार्टी रास्वपामा विलय

रास्वपामा कुलमानलाई रवि पछिको वरियता, उज्यालो नेपाल पार्टी रास्वपामा विलय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको छ। कमलादीस्थित रास्वपा केन्द्रिय सदस्य असिम शाहको कार्यालयमा भएको उक्त सहमतिमा कुलमानलाई...
नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम...