नेभिगेशन
समाज

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

काठमाडौँ । बेलमता नेपाली अध्यारो कोठाको खाटमा पल्टिएकी छिन् । उनीसँगै रहेका श्रीमान् खड्के छटपटाउँदै घरी भित्र त घरी बाहिर गरिरहन्छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिने जानेका नेता देखि आफन्तलाई फोन गर्छन् । श्रीमतिलाई पुनः रोग बल्झिएको कुरा सुनाउँछन् र उपचार लागि काठमाडौँ भएको र पैसाको अभाव भएको भन्दै सहयोगका लागि आग्रह गर्छन् ।  उनीहरु ललितिपुरको सातदोबाटोमा रहेको एक होटलमा अस्थायी बास बसेका छन् । बास बसेको होटल र खानाको पैसा जोहो छैन् । कसरी तिर्ने पत्तो छैन् । 

Marvel

02-1760523377.jpg
हरेक १४ दिनमा बेलमतालाई किमो थेरापी गर्नुपर्छ यो कसरी गर्ने भन्ने पनि कुनै उपाय छैन् खड्ग चिन्तित सुुनिन्छन् । ‘दशैं र तिहार यतै बिताइयो । घर आउन जान खर्चिलो छ कसरी आउने जाने ? फेरि उपचारका लागि पनि त खर्च छैन्,’ खड्केले सिधाकुरासँग भने ।  

खड्के नेपालीकाअनुसार बेलमताको आमशयमा पुनः क्यान्सर बल्झिएको छ ।

उनका अनुसार दुुई वर्ष अघि देखिएको क्यान्सर पहिचान पछि ललितपुरको बीएण्डबी अस्पतालमा उपचार गरिएको थियो । पहिलो चरणको क्यान्सरको अप्रेशन पछि उनीहरु घर फर्किए । चिकित्सकले पटक पटक फलोअप गरिरहनुपर्ने बताएका थिए ।

तर, आर्थिक अभाव र गरिबीले त्यो सम्भव भएन ।  रुकुम फर्किए पछि खड्केलाई श्रीमतिको उपचारको ऋण तिर्न हम्मे भयो । जग्गा त्रितो राखेर स्थानीयसँग लिएको ५ लाख ६५ हजार ऋण तिर्न ताकेता भएपछि खड्ग कमाई गर्न  भारत हिँडे । 

04-1760523397.jpg
घरमा भएकी बेलमताको नियमित फलोअप छुटेपछि पेट फुल्ने र दुख्ने हुन थाल्यो । भारतबाट खड्के गाउँ फर्किए र थप जचाउँन काठमाडौँ आउँदा रोग बल्झिएको पुुष्टी भयो । 

उनीहरु दशैं अघि नै काठमाडौँ आएका थिए । पाटन अस्पतालको स्वास्थ्य परिक्षणमा क्यान्सर पुुष्टी भएपछि अहिले किमो थेरापी चलिरहेको खड्के बताउँछन् ।

थप उपचार र परिक्षण पनि पाटनमै चलिरहेको तर आर्थिक अभावले पिरोलेको उनी सुनाउँछन् । ‘आफ्नो बलबुुँताबाट गर्न सकिने सबै गरियो । वडा, गाउँपालिका, प्रदेश सरकार सबैबाट पाउने सुबिधा पनि लियौँ तर पुुगेन,’ खड्केले भने । 

श्रीमतिको उपचारकै सिलसिलामा घरमा भएको आम्दानी सकिएको उनी बताउँछन् । जग्गा जमिन पनि बन्दकी राखेर यस अघिको उपचार भएको तर अहिले कटिन भएको उनी सुनाउँछन् । 

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।

01-1760523412.jpg
उपचारका लागि भइपरिआउने खर्च अभाव भएपछि उनले मनकारीहरुलाई सहयोगका लागि अपिल पनि गरे । श्रीमति बेलमतिको उपचारका लागि उनले लक्ष्मी बैंकमा रहेको आफ्नो खातामार्फत सहयोग गरिदिन पनि उनले आग्रह गरे । 

अहिले एक किमो गर्नका लागि कम्तीमा ४० हजार रुपैयाँ खर्च हुने उनी बताउँछन् । रोग पल्जिए पछि सरकारबाट पाउने मासिक ५ हजार भत्ताबाट ऋण तिर्ने भन्दै ३० हजार ऋण खोजेर काठमार्डौँ आएको र त्यो सकिएको खड्के नेपालीले बताए । 

बेलमतिको उपचार सहयोगका लागि लक्ष्मी सनराइज बैंकको रहेको खाता विवरण निम्नानुसार रहेको छ । 
खातावालाको नामः खड्के नेपाली
खाता नम्बरः ०८७२०००२४४१
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...