नेभिगेशन
समाज

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

काठमाडौँ । बेलमता नेपाली अध्यारो कोठाको खाटमा पल्टिएकी छिन् । उनीसँगै रहेका श्रीमान् खड्के छटपटाउँदै घरी भित्र त घरी बाहिर गरिरहन्छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिने जानेका नेता देखि आफन्तलाई फोन गर्छन् । श्रीमतिलाई पुनः रोग बल्झिएको कुरा सुनाउँछन् र उपचार लागि काठमाडौँ भएको र पैसाको अभाव भएको भन्दै सहयोगका लागि आग्रह गर्छन् ।  उनीहरु ललितिपुरको सातदोबाटोमा रहेको एक होटलमा अस्थायी बास बसेका छन् । बास बसेको होटल र खानाको पैसा जोहो छैन् । कसरी तिर्ने पत्तो छैन् । 

Ncell
Extreme Energy

02-1760523377.jpg
हरेक १४ दिनमा बेलमतालाई किमो थेरापी गर्नुपर्छ यो कसरी गर्ने भन्ने पनि कुनै उपाय छैन् खड्ग चिन्तित सुुनिन्छन् । ‘दशैं र तिहार यतै बिताइयो । घर आउन जान खर्चिलो छ कसरी आउने जाने ? फेरि उपचारका लागि पनि त खर्च छैन्,’ खड्केले सिधाकुरासँग भने ।  

खड्के नेपालीकाअनुसार बेलमताको आमशयमा पुनः क्यान्सर बल्झिएको छ ।

उनका अनुसार दुुई वर्ष अघि देखिएको क्यान्सर पहिचान पछि ललितपुरको बीएण्डबी अस्पतालमा उपचार गरिएको थियो । पहिलो चरणको क्यान्सरको अप्रेशन पछि उनीहरु घर फर्किए । चिकित्सकले पटक पटक फलोअप गरिरहनुपर्ने बताएका थिए ।

तर, आर्थिक अभाव र गरिबीले त्यो सम्भव भएन ।  रुकुम फर्किए पछि खड्केलाई श्रीमतिको उपचारको ऋण तिर्न हम्मे भयो । जग्गा त्रितो राखेर स्थानीयसँग लिएको ५ लाख ६५ हजार ऋण तिर्न ताकेता भएपछि खड्ग कमाई गर्न  भारत हिँडे । 

04-1760523397.jpg
घरमा भएकी बेलमताको नियमित फलोअप छुटेपछि पेट फुल्ने र दुख्ने हुन थाल्यो । भारतबाट खड्के गाउँ फर्किए र थप जचाउँन काठमाडौँ आउँदा रोग बल्झिएको पुुष्टी भयो । 

उनीहरु दशैं अघि नै काठमाडौँ आएका थिए । पाटन अस्पतालको स्वास्थ्य परिक्षणमा क्यान्सर पुुष्टी भएपछि अहिले किमो थेरापी चलिरहेको खड्के बताउँछन् ।

थप उपचार र परिक्षण पनि पाटनमै चलिरहेको तर आर्थिक अभावले पिरोलेको उनी सुनाउँछन् । ‘आफ्नो बलबुुँताबाट गर्न सकिने सबै गरियो । वडा, गाउँपालिका, प्रदेश सरकार सबैबाट पाउने सुबिधा पनि लियौँ तर पुुगेन,’ खड्केले भने । 

श्रीमतिको उपचारकै सिलसिलामा घरमा भएको आम्दानी सकिएको उनी बताउँछन् । जग्गा जमिन पनि बन्दकी राखेर यस अघिको उपचार भएको तर अहिले कटिन भएको उनी सुनाउँछन् । 

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।

01-1760523412.jpg
उपचारका लागि भइपरिआउने खर्च अभाव भएपछि उनले मनकारीहरुलाई सहयोगका लागि अपिल पनि गरे । श्रीमति बेलमतिको उपचारका लागि उनले लक्ष्मी बैंकमा रहेको आफ्नो खातामार्फत सहयोग गरिदिन पनि उनले आग्रह गरे । 

अहिले एक किमो गर्नका लागि कम्तीमा ४० हजार रुपैयाँ खर्च हुने उनी बताउँछन् । रोग पल्जिए पछि सरकारबाट पाउने मासिक ५ हजार भत्ताबाट ऋण तिर्ने भन्दै ३० हजार ऋण खोजेर काठमार्डौँ आएको र त्यो सकिएको खड्के नेपालीले बताए । 

बेलमतिको उपचार सहयोगका लागि लक्ष्मी सनराइज बैंकको रहेको खाता विवरण निम्नानुसार रहेको छ । 
खातावालाको नामः खड्के नेपाली
खाता नम्बरः ०८७२०००२४४१
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...