नेभिगेशन
मुख्य समाचार

‘सम्पत्ति छानबिन हुन थालेपछि दीपक खड्का भागे, अरु पनि भाग्ने क्रममा’

उनको घरबाट डलरको वर्षा भएको भिडियो सार्वजनिक भएको थियो ।

काठमाडौँ । गृहमन्त्री अ‍ोमप्रकाश अर्यालले निवर्तमान उर्जा तथा जलस्रोत मन्त्री दीपक खड्का भागेको बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्र्तवार्ताका क्रममा उनले खड्का भागिसकेको बताएका हुन् । उनले उक्त अन्र्तवाता अन्य नेताहरु पनि भाग्ने तयारीमा रहेको बताएका छन् । 

गृहमन्त्री अर्यालका अनुसार अहिले सरकारले  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाएको छ । अहिले विभागले ठुल्ठुला नेताका बारेमा छानबिन सुरु गरिसकेको छ । उनले अन्र्तवार्तामा भनेका छन्, ‘यहाँ ठुल्ठुला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके ।’ 

Dish home
City Express

गृहमन्त्री अर्यालले अनय नेताहरु पनि भाग्ने तयारी गरिरहेको बताउँदै उनीहरुलाई रोक्ने तयारी भईरहेको बताएका छन् । ‘अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ ।’ 

स्काउटको जग्गा प्रकरण, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएको विषयमा उनको चर्को आलोचना भएको थियो । जेनजी आन्दोलनका क्रममा उनको घरमा पनि आगजनी तथा तोडफोड भएको थियो । सो क्रममा उनको घरबाट ठूलो संख्यामा विदेशी पैसा (डलर) उडेको थियो ।  

चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसँग नवराज मैनालीले गरेको कुराकानी आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा , नेपाली झण्डा ओढाइयो

विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा , नेपाली झण्डा ओढाइयो

श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल देखिन्छन् । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता, अध्यक्ष साम्पाङ

श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता, अध्यक्ष साम्पाङ

आइतबार आयोगको कार्यालय पुगेर साम्पाङले पार्टी दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गरेका हुन । उनले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका...
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने सरकारको निर्णय

निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने सरकारको निर्णय

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्...