नेभिगेशन
समाज

‘सम्पत्ति छानबिन हुन थालेपछि दीपक खड्का भागे, अरु पनि भाग्ने क्रममा’

उनको घरबाट डलरको वर्षा भएको भिडियो सार्वजनिक भएको थियो ।

काठमाडौँ । गृहमन्त्री अ‍ोमप्रकाश अर्यालले निवर्तमान उर्जा तथा जलस्रोत मन्त्री दीपक खड्का भागेको बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्र्तवार्ताका क्रममा उनले खड्का भागिसकेको बताएका हुन् । उनले उक्त अन्र्तवाता अन्य नेताहरु पनि भाग्ने तयारीमा रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री अर्यालका अनुसार अहिले सरकारले  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाएको छ । अहिले विभागले ठुल्ठुला नेताका बारेमा छानबिन सुरु गरिसकेको छ । उनले अन्र्तवार्तामा भनेका छन्, ‘यहाँ ठुल्ठुला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके ।’ 

Ncell
Extreme Energy

गृहमन्त्री अर्यालले अनय नेताहरु पनि भाग्ने तयारी गरिरहेको बताउँदै उनीहरुलाई रोक्ने तयारी भईरहेको बताएका छन् । ‘अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ ।’ 

स्काउटको जग्गा प्रकरण, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएको विषयमा उनको चर्को आलोचना भएको थियो । जेनजी आन्दोलनका क्रममा उनको घरमा पनि आगजनी तथा तोडफोड भएको थियो । सो क्रममा उनको घरबाट ठूलो संख्यामा विदेशी पैसा (डलर) उडेको थियो ।  

चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसँग नवराज मैनालीले गरेको कुराकानी आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...