नेभिगेशन
सबै कुरा

अरुण चौधरी लगायतले यसरी हत्याएका थिए बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हत्याउनकै लागि च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरिएको तथ्य फेला परेको सीआइबीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त प्रकरणका बिषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । कानुन बिपरित व्यक्तिगत फाइदा लिनका लागि तत्कालिन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापाले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको जनाएको हो । सो कम्पनीको जारी पूर्जी ५० लाखको २५ प्रतिशत शेयर लिने गरि क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेष्ता कायम रहेको १८ रोपनी जग्गा मध्येबाट १० रोपनी जग्गाको हक समेत हस्तान्तरण गरेको सीआईबीले जनाएको छ । 

Ncell
Extreme Energy


सम्झौता बमोजिम १२ लाख पचास हजार लगानी गर्नुपर्नेमा कारखानाको तर्फबाट २६ लाख बराबरको लगानी गरी सरकारलाई हानी नोक्सानी पुर्याई आर्थिक लाभ लिएको देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए । २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको उनले जानकारी दिए । प्राइभेट कम्पनीमा रुपान्तरण भएपछि सरकारी जग्गा व्यक्तिको नाममा गएको र कम्पनीको नाम समेत परिवर्तन गरि सीजी चाँदबाग रेसिडेन्सी बनाइएको आचार्यले जानकारी दिए । 

हाल उक्त जग्गा चाँदबाग स्कुलकै नाममा रहेको सीआईबीले जनाएको छ । उक्तजग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र संजय ठाकुर पक्राउ परेका छन् । पक्राउ परेका तीनैजनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

भर्खरै