नेभिगेशन
समाज

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

काठमाडौँ । १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा भक्तपुरका नवीनराज बस्नेत पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले शुक्रबार बेलुका उनलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि ठेगाना नखुलेको भन्दै बस्नेतको मुद्दा तामेलीमा थियो । सोही विषयमा थप अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सिआइबीका एआइजी उमा चतुर्वेदीले बताए । यस चालक र सहचालकलाई मुद्दा चलाई उनलाई वतन नखुलेको भन्दै त्यसबेला उन्मुक्ति दिइएपनि अहिले भने बस्नेतको ठेगाना लगायत विस्तृत विवरण खुलाएर डिभिजन वन कार्यालयमा बुझाउने प्रहरीले तयारी गरेको जनाएको छ । 

Marvel
Extreme Energy

रक्तचन्दन तस्करीका घटना के हो ? 
 जिल्ला प्रहरी परिसर, काठमाडौंले १८ चैत ०६९ मा गुह्येश्वरीबाट २२६ केजी रक्तचन्दन बरामद गरेको थियो । बा१ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर रक्तचन्दन तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । 

रक्तचन्दनसहित बसचालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ परे । जिल्ला वन कार्यालयमार्फत सुनुवार सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर भएकोमा ९ वैशाख ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गरिसकेको छ ।

अदालतले गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र तीन लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना सुनायो । भाडाको गाडी पनि जफत हुने ठहर गर्यो । तर, मुख्य आरोपी मानिएका बस्नेतको भने वतन नखुलेको भन्दै तामेलीमा राखियो । बस्नेतले नै बालुवा ओसार्न भन्दै मिनीट्रक बोलाएर बालुवाभित्र रक्तचन्दन लुकाएर तस्करीको प्रयास गरेको अनुसन्धानमा खुलेको थियो । तर, उनको स्थायी ठेगाना पत्ता नलागेको भन्दै काठमाडौं महानगरपालिका– १६ बस्ने भनेर अभियोग दर्ता गरिएको थियो । उनको हकमा जिल्ला अदालतका तत्कालीन न्यायाशीश रमेशराज पोखरेलको इजलासको फैसलामा भनिएको छ, ‘निज नवीन बस्नेतको वास्तविक वतन खुलाई आएमा बाँकी कारबाही हुन सक्ने नै हुँदा निजका हकमा प्रस्तुत मुद्दा जिल्ला अदालत, नियमावली, २०५२ को नियम १९ ९क०बमोजिम तामेलीमा राखिएको छ ।’ 

त्यसवेला भीमबहादुर र खेमबहादुर दुवैले प्रस्ट रूपमा सो बालुवा ओसार्न कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले लगाएको भनेर बयानमा बताएका छन् । बस्नेत त्यतिवेला बालुवाको डिपो चलाउने गर्दथे । चालक भीमबहादुरले बयानमा भनेका छन्, ‘मिति २०६९र१२र१६ गते कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले फोन गरी बालुवा लिएर जानुपर्यो भनी बोलाउनु भएको थियो । मैले निजलाई मेरो लाइसेन्स छैन भन्दा निजले सो बालुवा जोरपाटीबाट करिब दुई सय मिटरजति भित्र लाने हो, केही फरक पर्दैन भनेका थिए । गाडी भएको ठाउँमा जाँदा गाडी लोड भइसकेको थियो । म गाडी लिएर नवीन बस्नेत बाइकमा अघि–अघि म पछि–पछि पिछा गर्दै गएँ । बिचबाटोमा प्रहरीले गाडी चेक गर्दा जिल्ला विकासलाई कर तिरेको कागज नभएकाले प्रहरीले गाडीलाई बरामद गर्यो । पर्सिपल्ट मात्र गाडी फिर्ता भयो । सोही गाडी लिएर म गुह्येश्वरी हुँदै गोठाटारतर्फ लागेँं ।

गुह्येश्वरीमा सिभिलमा रहेका प्रहरीले गाडीमा खोजतलास गर्दा बालुवामुनि लुकाइराखेको रक्तचन्दन भेट्टाए । गाडीमा रक्तचन्दन भएको कुरा मलाई थाहा थिएन । यस अपराधमा मुख्य संलग्नता नवीन बस्नेतको छ । निजले हामीलाई काम लगाउने बहानामा फसाएका हुन् ।’ गाडीधनी रमेश प्रजापतिले पनि कारोबार गर्नेलाई कारबाही हुनुपर्ने बयान गरेका थिए । तर, मुख्य कारोबारीलाई केही नभई उनको गाडी भने जफत भएको थियो ।
बस्नेतको वास्तविक ठेगानासमेत नराखी वन कार्यालयलाई अन्य दुई जनालाई बुझाएपनि बस्नेतलाई भने उन्मुक्ती दिइएको थियो । 
 बस्नेत हाल क्षमादेवी कन्ट्रक्सन, सान्दर्भिक निर्माण सेवालगायत कम्पनीका मालिक छन् । अकुत सम्पत्ति आर्जनको विषयमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उनीमाथि छानबिन गरिरहेको छ। गत मंगलबार उनको घरमा पनि विभागले खानतालासी गरेको थियो।

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

भीमफेदी दुर्घटनापछि काठमाडौँ प्रशासनले तोक्यो सवारी सञ्चालनको समय, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरेको हो। अब बिहान ५ बजेपछि मात्रै...
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत शुक्रबार आयोजित ‘साना टापु राष्ट्र तथा अल्पविकसित मुलुकको जलवायु वित्त आवश्यकता र वित्तमा पहुँच’ विषयक...
कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० का अवसरमा बिहीबार छलफल भएको हो । छलफलमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र...