नेभिगेशन
समाज

यस हिउँदमा नेपालमा बढी वर्षा कि कम? मौसमी पूर्वानुमानमै देखियो मतभेद

काठमाडौँ । यस वर्षको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुन्छ कि कम भन्ने विषयमा अन्तर्राष्ट्रिय मौसमी पूर्वानुमानबीच मतभेद देखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिन्दुकुश हिमालय क्षेत्रको अध्ययन गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नोभेम्बर २०२६ देखि फेब्रुअरी २०२७ सम्म नेपालमा औसतभन्दा बढी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ। तर केही अन्तर्राष्ट्रिय मौसमी मोडेलले भने नेपालमा औसतभन्दा कम वर्षा हुने वा वर्षाको स्पष्ट संकेत नरहेको देखाएका छन्।

Marvel
Extreme Energy

मौसमसम्बन्धी विश्लेषण गर्दै आएका विनोद पोखरेलले सामाजिक सञ्जालमा विभिन्न अन्तर्राष्ट्रिय मौसमी मोडेलका पूर्वानुमान तुलना गर्दै एउटै अवधिका लागि फरक संकेत देखिएको बताएका छन्।
उनका अनुसार इसिमोडले अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (नोआ) को क्लाइमेट प्रेडिक्सन सेन्टर (सीपीसी) को मौसमी पूर्वानुमानका आधारमा नेपालमा औसतभन्दा बढी वर्षा हुने समाचार सार्वजनिक गरेको छ। इसिमोडको प्रतिवेदनमा पनि बढी वर्षाको संकेत गरिएको छ।

तर पोखरेलले अध्ययन गरेका नोआ तथा युरोपेली मौसमी मोडेलका आगामी तीन महिनाका पूर्वानुमानमा नेपालमा औसतभन्दा कम वर्षा हुने संकेत देखिएको छ। त्यसैले पूर्वानुमान तुलना गर्दा जारी भएको मिति, समेटिएको अवधि, प्रयोग गरिएको मोडेल र औसत वर्षाको आधारसमेत हेर्नुपर्ने उनको भनाइ छ।

यसैबीच, फुड सेक्युरिटी एन्ड अर्ली वार्निङ सिस्टम नेटवर्क (फिउज नेट) ले सार्वजनिक गरेको डिसेम्बर २०२६ देखि फेब्रुअरी २०२७ सम्मको बहुमोडेल पूर्वानुमानमा नेपालका लागि औसतभन्दा बढी वा कम वर्षा हुने स्पष्ट संकेत देखिएको छैन। उक्त विश्लेषणमा युरोपेली मौसम पूर्वानुमान केन्द्र (ईसीएमडब्लूएफ), बेलायतको मेट अफिस र फ्रान्सको मेटियो फ्रान्सलगायत नौ संस्थाका मौसमी पूर्वानुमान समेटिएका छन्।

मौसमी पूर्वानुमानमा देखिएको भिन्नताको एउटा कारण फरक मोडेल र तिनले प्रयोग गर्ने तथ्यांक तथा गणना विधि रहेको विश्लेषक बताउँछन्।

कुनै पूर्वानुमानले पूरै नेपाललाई समेटेको हुन्छ भने कुनैले भौगोलिक क्षेत्रअनुसार वर्षाको सम्भावना छुट्याएका हुन्छन्। त्यसैगरी, औसत वर्षा गणना गर्ने आधार अवधि पनि फरक हुन सक्छ।

यस वर्ष प्रशान्त महासागरमा विकसित एल निनो अवस्थाले पनि विश्वका विभिन्न क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा प्रभाव पार्न सक्ने अनुमान सबैको छ। अमेरिकी मौसम निकाय नोआका अनुसार एल निनो अवस्था सन् २०२७ को सुरुवातसम्म कायम रहने सम्भावना छ। यद्यपि एल निनोका आधारमा नेपालमा अनिवार्य रूपमा बढी वा कम वर्षा हुने निष्कर्ष निकाल्न सकिँदैन।

हिउँदे वर्षा र हिमपात कृषि, जलस्रोत तथा हिमाली पारिस्थितिक प्रणालीका लागि महत्त्वपूर्ण मानिन्छन्। तर अत्यधिक हिमपातले हिमाली क्षेत्रमा जनजीवन प्रभावित पार्न सक्छ। त्यस्तै, कुनै क्षेत्रमा बढी वर्षा हुने मौसमी संकेत देखिँदैमा बाढी वा हिमपहिरो आउने निश्चित हुँदैन।

मौसमी पूर्वानुमान सम्भाव्यतामा आधारित हुने भएकाले यसलाई निश्चित परिणामका रूपमा लिन नहुने विज्ञहरूको सुझाव छ। नेपालमा यस हिउँदको वास्तविक वर्षा कस्तो हुन्छ भन्ने स्पष्ट हुन आगामी दिनमा सार्वजनिक हुने मौसमी अद्यावधिक र जल तथा मौसम विज्ञान विभागका पूर्वानुमानसमेत हेर्नुपर्ने हुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मलद्वार र भित्री वस्त्रमा लुकाइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

मलद्वार र भित्री वस्त्रमा लुकाइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।
सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको...
प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई रुट सहमति स्वागतयोग्य : योगेश भट्टराई

प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई रुट सहमति स्वागतयोग्य : योगेश भट्टराई

नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सैद्धान्तिक सहमतिको स्वागत गर्दै नेपालको मुख्य प्राथमिकता अझै पनि महेन्द्रनगर र नेपालगन्ज हवाई रुट...
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

भर्खरै