नेभिगेशन
समाज

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर । भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको संख्या घटेको छैन । अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकहरुको संख्या उल्लेख्य रहेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार, सेप्टेम्बर २०२६ मा कुल ८८ हजार २४८ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(7)-1792129346.jpg
यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२५ को सेप्टेम्बर महिनाको तुलनामा १२.१ प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवधिमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए । समग्रमा पर्यटक आगमन बढे पनि विभिन्न क्षेत्र र देशअनुसारको तथ्याङ्क विश्लेषण गर्दा भने एसियाली बजार फस्टाएको र पश्चिमी बजार खुम्चिएको मिश्रित नतिजा देखिएको छ । क्षेत्रीय आधारमा विश्लेषण गर्दा नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली (सार्क) राष्ट्रहरूको रहेको छ । सेप्टेम्बर महिनामा भित्रिएका कुल पर्यटकमध्ये करिब एक तिहाइ अर्थात् ३४.०९ प्रतिशत सार्क राष्ट्रबाट आएका छन् ।

Ncell
Extreme Energy

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(6)-1792129345.jpg
सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा मात्रै १७,४२५ भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन्, जुन कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हुन आउँछ । भारतीय पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सार्क क्षेत्रभित्र श्रीलङ्काबाट ७,१०८ (५४ प्रतिशत वृद्धि) र बङ्गलादेशबाट ३,९६४ (३१.५ प्रतिशत वृद्धि) पर्यटक आएर उत्साहजनक उपस्थिति जनाएका छन् । भुटान र पाकिस्तानबाट आउने पर्यटकको सङ्ख्या क्रमशः १,१११ र ४२९ रहेको छ । 

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(5)-1792129344.jpg
सार्क बाहेकका अन्य एसियाली राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा यस वर्ष सर्वाधिक ५८ प्रतिशतको उछाल आएको छ । समग्र आगमनमा २२.५४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रबाट कुल १९,८८८ पर्यटक भित्रिएका छन् । यो चमत्कारिक वृद्धिको पछाडि चीनको प्रमुख भूमिका रहेको तथ्याङ्कले प्रस्ट पार्छ । सेप्टेम्बर २०२६ मा चीनबाट ११,२१२ पर्यटक नेपाल आएका छन् । जुन सन् २०२५ को सेप्टेम्बर (५,२३७) को तुलनामा ११४.१ प्रतिशत अर्थात् दोब्बरभन्दा बढीको वृद्धि हो ।

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(4)-1792129339.jpg
यसबाहेक अन्य एसियाली राष्ट्रहरू जापानबाट २,०६६ (४५.४ प्रतिशत वृद्धि), मलेसियाबाट १,८७७ (१२.२ प्रतिशत वृद्धि) र दक्षिण कोरियाबाट १,४१२ (४.३ प्रतिशत वृद्धि) पर्यटक नेपाल आएका छन् । यसै क्षेत्रका थाइल्यान्ड र भियतनामबाट आउने पर्यटकको सङ्ख्यामा भने अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले सामान्य गिरावट आएको छ ।

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(2)-1792129337.jpg

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(1)-1792129337.jpg

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(13)-1792129336.jpg

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(12)-1792129335.jpg

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(11)-1792129334.jpg

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(10)-1792129333.jpg

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(9)-1792129332.jpg

Chinese-Tourist_Bhaktapur-Durbar_Sidhakura-(8)-1792129332.jpg


तस्बिर: नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।