नेभिगेशन
सबै कुरा
नाति बाजेको एकैरात हत्या :

सुस्तामा ७ महिनामा दोस्रो पटक उस्तै प्रकृतिको जघन्य अपराध, खोसियो मनोज र बबिताको खुसी 

पश्चिम नवलपरासी : मंसिर अन्तिम साता पश्चिम नवलपरासी सुस्ताकी बबिता चमार र उनको श्रीमान् मनोज चमार छोरा र छोरी लिएर रोजगारीका लागि भारत गए । नाजुक आर्थिक अवस्थाका कारण जीवन धान्नै धौ धौ भएपछि भारतमा मजदुरी गरेर केही कमाउन सकिन्छ की भन्ने आशले उनीहरु भारत पुगे । उनीहरु भारत लागेपछि घरमा ६५ वर्षीय यक्षलाल चमार एक्लो भए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Everest cinsult

रोजगारीका लागि हिँडेका छोरा बुहारीलाई उनले रोक्न पनि चाहेनन् । तर, बुढ्यौली र तराईको ठन्डीले जीवन कष्टकर बन्न थालेपछि यक्षलालले दुई साता अघि बुहारीलाई फोन गरे,  ‘मलाई त बुढ्यौलीले साह्रै गाह्रो भयो । केही सहारा खोजिद्याओ न,’ छोरा बुहारीले बुबाको साथी र सहाराका लागि भन्दै १३ वर्षीय छोरा गौचरणलाई घर पठाए । तर घर आएर हजुरबुबाको सहारा बनेको एक साता नबित्दै ६५ वर्षीय हजुरबुबा र १३ वर्षीय नातिको २९ माघको राती सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रयोग गरेर हत्या भयो । 

तस्विर: हत्या हुँदा नातिबाजे सुतेको खाटमा लत्पतिएको रगत

बुधबार सिधाकुरा टीम पश्चिम नवलपरासीको सुस्ता पुग्दा अर्धचेत अवस्थामा छाति पिटिपिटी रहिरहेकी थिइन् बबिता चमार । भारतमा काम गरी दुई पैसा जोड्ने प्रयत्न गरिरहेका उनीहरुले आफ्नो घरमा भएको हत्याको खबर पाएपछि घर फर्किएका थिए । घरको विभत्स घटनाले उनीहरु मुर्छित छन् ।

तस्विर: छोरा र बुबाको हत्या भएपछि मुर्छित मनोज र बबिता

गाउँको फुसको खरदेखि करिब ५ सय मिटर दूरीमा नदी छ । पानी लाउन सहज हुने भएपछि त्यही नदी किनारमा नाती बाजेले गहुँ छरेका थिए । त्यही गहुँलाई पशुपंक्षीबाट जोगाउन नाति र बाजे सानो टहरो बनाएर खेतमै गहुँ कुरेर बस्थे । बसेकै ठाउँमा सोमबार राति धारिलो हतियार प्रहार गरि उनीहरूको हत्या भयो ।

तस्विर: चमार नातिबाजे सुत्ने कटेरो

आफू बुढेसकाल लागेको भन्दै ससुरा यक्षलालले सहारा मागेपछि बुहारी बबिताले साथमा लगेको जेठो छोरोलाई ६ दिनअघि मात्र घर पठाएकी थिइन । यक्षलालले नाति गौचरणलाई पढाउनका लागि स्थानीय श्री शिवशम्भु प्राथमिक विद्यालयमा कक्षा २ मा भर्ना गरिदिएका थिए ।  

गाउँबासीका प्रिय थिए यक्षलाल । गरिब भए पनि उनी छिमेकीलाई सहयोग गर्न कहिल्यै गरिब भएनन् । स्थानीहरू उनको कोही कसैसँग झैझगडा समेत नभएको बताउँछन् । ‘धनका लागि हत्या भएको भन्ने हो भने यक्षलालका नाति कापी नभएका कारण विद्यालय गएका थिएनन् । नाति विद्यालय नै जान छोडेपछि हजुरबुबाले छिमेकीसँग पैसा मागेर सोही दिनमात्रै ३ कापी किनेर ल्याइदिएका थिए । त्यस्ता साधुजस्ता यक्षलाल र उनका नातिलाई कसले मार्यो भन्नेमा गाउँनै स्तब्ध छ,’ स्थानीय श्रीपुजन धरिकार बताउँछन् ।

तस्विर: हत्या गरिएका गौचरणले काठमा कोरेको चित्र र हत्या हुँदा लत्पतिएको रगत

उनका अनुसार यक्षलाल एकदम सोझा थिए । गरिब भएपनि उनी कसैसँग मागेर समेत नखाने स्वभावका थिए । उनको कोहीसँग रिसिइबी समेत नभएको अवस्थामा घटना कसरी भयो भनेर अचम्म लागेको उनले बताए । 

हजुरबुबा र नातिको एकैरात हत्या भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले घटनाको अनुसन्धान गर्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको बताएको छ तर हालसम्म घटनामा संलग्न कोही पक्राउ परेका छैनन् । 

त्यसो त गत जेठ महिनामा सोही घटनास्थलको केही मिटर दूरीमा अर्का २ जनाको हत्या भएको थियो । त्यस समयमा पनि भैँसी गोठमा सुतेका श्रीमान श्रीमतीको हत्या भएको थियो । उक्त घटनामा पनि लामो समयपछि प्रहरीले २ जनालाई पक्राउ गरि थुनामा राखेको छ ।  यसरी बारम्बार एकै प्रकृतिको हत्या भइरहँदा प्रहरी र प्रशासन सजग नभएको स्थानीयको आरोप छ । ‘६ महिनाअघि मात्र हाम्रो गाउँमा २ जनाको हत्या भयो, फेरी अर्को त्यस्तै प्रकृतिको घटना दोहोरियो । यसलाई हेर्दा राज्यले जनताको सुरक्षाका लागि खटाएको प्रशासनले हामीमाथि खेलवाड गरेको हो कि जस्तो लाग्छ,’ सुस्ताका इन्द्रजित हरिजन गुनासो गर्छन् ।

उता घटनास्थलमा ढिलोगरी आइपुगेको प्रहरीले पनि आफूहरूले घटनाको अनुसन्धान अघि बढाएको र मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा पठाएको बताएको छ । एउटै गाउँमा उस्तै प्रकृतिका जघन्य हत्या हुँदा स्थानीहरू त्रसित छन् । तर, प्रहरी प्रशासन भने सीमा नाकामा तस्करसँग रमाइरहेको स्थानीयको आरोप छ । 

तस्विर: घटनास्थलको मुचुल्का उठाउँदै प्रहरी

स्थानीयको आरोपमा बल पुग्ने तर्क जिल्ला प्रहरीका कार्यालयको पनि छ । जिल्लाका प्रहरी प्रमुख काजी कुमार आचार्य घटना घटिरहने र अपराधी समातिरहन्छन् भन्दै सिधाकुरासँग पन्छिए । ‘घटना कहिले लगातार र कहिले ग्यापमा हुन्छन् । 

अहिले हेर्ने हो भने २/३ वटा घटना लगातार भएको देखिन्छ । यसको मतलब घटना घटिरहन्छ र सँगै प्रहरीले पनि अनुसन्धान गरिरहेको हुन्छ,’ प्रहरी प्रमुख काजी कुमार आचार्यले भने । तथापि उनी चमार नाति र बाजेको हत्यामा संलग्नलाई पनि जतिसक्दो चाँडो नियन्त्रणमा लिन सबै संयन्त्र प्रयोग गरिएको दाबी गर्छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चालाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण...
अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा मकवानपुरगढी गाउँपालिका–३ घरभएका ५३ वर्षीय दिपक खड्कालाई काठमाडौँ...
४० हजार घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

४० हजार घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई आज पक्राउ गरिएको हो ।
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको...