नेभिगेशन
समाज

रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ । काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चालाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै काठाडौँको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामालाई पक्राउ गरिएको भट्टराईले बताए ।

Ncell
Extreme Energy

यसैबीच राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए । ती १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुव्र्यवहारमा संलग्न रहेको पाइएको प्रवक्ता भट्टराईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।