नेभिगेशन
मुख्य समाचार

मौसम अपडेटः आज यी  प्रदेशमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ । त्यसैगरी, आइतबार राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

Ncell
Extreme Energy

कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।
एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

साउथ अष्ट्रेलियाको पुरानो नेपाली संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभाले बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।