नेभिगेशन
बैंक वित्त

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।

एनसीसीका अध्यक्ष कमलेश अग्रवाल र एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समझदारीअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा व्यापार, उद्योग र उद्यमशीलताको विकासमा सहजीकरण गर्न दुवै संस्थाले सहकार्य गर्नेछन्।

Ncell
Extreme Energy

एनसीसी अध्यक्ष अग्रवालले समझदारीले गैरआवासीय नेपालीमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहज वातावरण बन्ने अपेक्षा व्यक्त गरे।

'हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायबीच सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ,' उनले भने, 'यसले ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानका लागि पनि मार्गप्रशस्त गर्नेछ।'

एनआरएनए अध्यक्ष डा. शर्माले नेपालका विभिन्न कानुनी जटिलताका कारण वैदेशिक लगानी भित्र्याउन समस्या भइरहेको बताए।

'दुवैबीच भएको समझदारीपत्रले व्यापार प्रवर्द्धन र देशमा प्रत्यक्ष लगानी भित्र्याउन नीतिगत रूपमा सहज वातावरण बनाउन आवश्यक छ,' उनले भने।

समझदारीअनुसार एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा विभिन्न व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन्। यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ।

त्यस्तै, निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालनमा पनि दुवै संस्थाले सहकार्य गर्नेछन्।

क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्ने र एकअर्काबीच अनुभव, विशेषज्ञता तथा उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति भएको छ।

व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख छ।

अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी तथा विदेशी लगानीकर्तालाई पूर्ण रूपमा आकर्षित गर्न नसकिने बताए।

'आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,' उनले भने, 'यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ।'

एनआरएनए अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

उनले एनआरएनए विदेशमा बस्ने नेपालीको मात्र संस्था नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा मञ्चका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।