नेभिगेशन
समाज

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार यमद्वितीया अर्थात् भाइटीकाका दिन बिहान ११:०७ बजे उत्तम साइत रहेको हो । समितिले भाइटीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने जनाएको छ ।

Marvel
Extreme Energy

समितिले यस वर्षको तिहारका विभिन्न पर्वको मिति र साइतसमेत सार्वजनिक गरेको छ । जसअनुसार तिहारका पर्वहरू निम्न मितिमा परेका छन् ।

१. कात्तिक २० गते शुक्रबार – धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान ।

२. कात्तिक २१ गते शनिबार – काग तिहार (काकबलि) तथा धन्वन्तरि जयन्ती ।

३. कात्तिक २२ गते आइतबार – नरक चतुर्दशी, कुकुर तिहार (कुकुर पूजा), लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्रि ।

४. कात्तिक २३ गते सोमबार – गाईपूजा ।

५. कात्तिक २४ गते मंगलबार – गोवर्द्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार, म्हपूजा तथा नेपाल संवत् ११४७ को प्रारम्भ ।

६. कात्तिक २५ गते बुधबार – यमद्वितीया तथा भाइटीका (किजापूजा) । भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे रहेको छ । टीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्नेछ ।

887316097_2940302723035099_6609659486869812808_n-1793707646.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । बिचौलिया विवादमा आफ्नो नामसमेत जोडिएको भन्दै हिजो इजलासमा नबसेकी न्यायाधीश सारंगा सुवेदी...
‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको टीका–टिप्पणीप्रति ध्यानाकर्षण गराउँदै चलचित्रको पूर्ण कथावस्तु नहेरी धारणा नबनाउन आग्रह गरेका छन् ।
ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
पत्रकार पक्राउबारे सरकारका प्रवक्ता भन्छन्– भ्रामक सूचना कसरी आयो भनेर प्रहरीले जाँच गरेको हो

पत्रकार पक्राउबारे सरकारका प्रवक्ता भन्छन्– भ्रामक सूचना कसरी आयो भनेर प्रहरीले जाँच गरेको हो

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना कसरी बाहिरियो भन्नेबारे प्रहरीले  पत्रकारसँग जाँचबुझ गरेको बताएका छन् ।