नेभिगेशन
समाज

ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१ स्याउले घर भएका ४५ वर्षीय विजय तामाङलाई पक्राउ गरेको हो ।

Marvel
Extreme Energy

ब्युरोका अनुसार उनलाई कात्तिक ११ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शिवचोकबाट ५ ग्राम प्रतिबन्धित खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

तामाङविरुद्ध २०६५ सालमा कर्तव्य ज्यान मुद्दा चलेको र उनले उक्त मुद्दामा आठ वर्ष कैद भुक्तान गरेर छुटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले यसअघि पनि पटक–पटक भारतबाट खैरो हेरोइन काठमाडौं ल्याएर बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । बिचौलिया विवादमा आफ्नो नामसमेत जोडिएको भन्दै हिजो इजलासमा नबसेकी न्यायाधीश सारंगा सुवेदी...
‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको टीका–टिप्पणीप्रति ध्यानाकर्षण गराउँदै चलचित्रको पूर्ण कथावस्तु नहेरी धारणा नबनाउन आग्रह गरेका छन् ।
पत्रकार पक्राउबारे सरकारका प्रवक्ता भन्छन्– भ्रामक सूचना कसरी आयो भनेर प्रहरीले जाँच गरेको हो

पत्रकार पक्राउबारे सरकारका प्रवक्ता भन्छन्– भ्रामक सूचना कसरी आयो भनेर प्रहरीले जाँच गरेको हो

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना कसरी बाहिरियो भन्नेबारे प्रहरीले  पत्रकारसँग जाँचबुझ गरेको बताएका छन् ।