नेभिगेशन
समाज

न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

तिहारपछि मात्रै सर्वोच्चमा आउनेछन् न्यायाधीश हरि फुयाल

काठमाडौँ । बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । बिचौलिया विवादमा आफ्नो नामसमेत जोडिएको भन्दै हिजो इजलासमा नबसेकी न्यायाधीश सारंगा सुवेदी भने आज इजलासमा फर्किइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालत स्रोतका अनुसार, न्यायाधीश फुयाल आज मंगलबारदेखि शुक्रबारसम्म बिदामा बसेका हुन् । ‘उहाँले १७ गतेदेखि २० गतेसम्मका लागि बिदा लिनु भएको छ’ सर्वोच्चका एक अधिकारीले भने । त्यसपछि  तिहार बिदा सुरू हुन्छ ।

Marvel
Extreme Energy

कात्तिक १३ गते न्यायाधीश फुयाल र बिचौलिया सापकोटाबीचको संवाद सार्वजनिक भएको थियो । 

न्यायाधीश फुयालले सापकोटासँग भेट भएको स्वीकार गरेका छन् भने आफूसँगै अन्य न्यायाधीशहरूले पनि उनीसँग भेटेको फुयालले बताइसकेका छन् । 

विवाद सार्वजनिक भएपछि फुयालले इजलास छाडेका थिएनन् । यही विषयमा छलफल गर्न बसेको सर्वोच्चको फुलकोर्ट बैठकले सत्य तथ्य पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो । 

यही प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै न्यायाधीश सारंगा सुवेदी कात्तिक १६ गते सोमबार इजलासमा बसिनन् । विवाद निरुपण नहुँदासम्म आफू इजलासमा नबस्ने उनको भनाइ थियो । 

तर, मंगलबार भने न्यायाधीश सुवेदी इजलासमा बसिनन् । उनी न्यायाधीश नृपध्वज निरौलासँग संयुक्त इजलासमा बसिन्, जुन इजलासले चार वटा मुद्दामा फैसला सुनायो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।