नेभिगेशन
समाज

आजका मन्त्रिपरिषद् बैठकका यी हुन् ६ निर्णय

सडक सुधारमा एडिबीको ३०५ मिलियन डलर सहायता, दुई अध्यादेश जारी गर्न सिफारिस

काठमाडौं । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडीबीबाट प्राप्त हुने कुल ३०५ मिलियन अमेरिकी डलर बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

Marvel
Extreme Energy

बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय भएको छ । साथै, मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गरिएको छ ।

त्यस्तै, तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँटसम्बन्धी प्रक्रिया पूरा गर्ने समयसीमा पनि थप गरेको छ । जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्तसम्म र जग्गा बाँडफाँट गरी कारबाही टुङ्ग्याउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय भएको हो । यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ ।

त्यसैगरी, बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका यी निर्णयमध्ये सडक सुधारका लागि एडीबीको सहायता स्वीकार, कृषि मलसम्बन्धी नयाँ व्यवस्था, मोही जग्गाको बाँडफाँटको समयसीमा विस्तार र दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गरिएको सिफारिस मुख्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । बिचौलिया विवादमा आफ्नो नामसमेत जोडिएको भन्दै हिजो इजलासमा नबसेकी न्यायाधीश सारंगा सुवेदी...
‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको टीका–टिप्पणीप्रति ध्यानाकर्षण गराउँदै चलचित्रको पूर्ण कथावस्तु नहेरी धारणा नबनाउन आग्रह गरेका छन् ।
ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ परेका छन् ।