नेभिगेशन
मुख्य समाचार

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

एडिलेड । साउथ अष्ट्रेलियाको पुरानो नेपाली संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभाले बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

शनिबार सम्पन्न साधारण सभाले सन् २०२६–२०२८ का लागि उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा र पदेन उपाध्यक्षका रूपमा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेल चयन भएका छन्। सचिवमा प्रदीप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे र जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्।

Ncell
Extreme Energy

सदस्यहरूमा निवर्तमान अध्यक्ष श्याम दहाल, रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दिपा दहाल र बाल सापकोटा रहेका छन्।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले नेपाली समुदायमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन्।

कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङ तथा एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन एवं ओशियाना मिट–२०२७ का अध्यक्ष विजय जोशीले समाजले नेपाली समुदायमा पुर्‍याएको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

निवर्तमान अध्यक्ष श्याम दहालको अध्यक्षता तथा सचिव सागर श्रेष्ठको सञ्चालनमा भएको खुला सत्रमा नवनिर्वाचित अध्यक्ष बालगोपाल उपाध्यायले स्वागत गरेका थिए।

फ्रेस चुल्हो नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजित सभाले अध्यक्ष दहालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द बखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेलले प्रस्तुत गरेको विद्यालयको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।

साधारण सभाकै अवसरमा सार्वजनिक गरिएको एडिलेड नेपाली समाजको नयाँ वेबसाइटबारे वेबसाइट निर्माण समितिका संयोजक सूर्य आचार्यले जानकारी दिएका थिए।

नयाँ नेतृत्व चयनका लागि साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेडेरेसन अफ नेप्लिज कम्युनिटी अर्गनाइजेसन अफ अष्ट्रेलिया (फेन्का) का उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियानाका पूर्व सहसंयोजक नवीन कडेल तथा एडिलेड नेपाली समाजका पूर्वअध्यक्ष एवं हेल्प नेपाल अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति सदस्य कपिल पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका थिए।

साधारण सभाको अवसरमा निवर्तमान कार्यसमिति, निर्वाचन समिति, प्रमुख अतिथि, अतिथि, सदस्य तथा शुभेच्छुकलाई समाजले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

786a980b-1d16-4f84-b663-3ce7d3bf8fc0-1787482144.jpg

2d2b398e-c1a8-4424-9aef-ac1cf1936a6c-1787482142.jpg

afc56959-b8ca-47cd-92e0-3e473902fb93-1787482142.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।