नेभिगेशन
समाज

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

महाधिवेशन रोक्न रिटबारे कानुन व्यवसायी छलफलमै

काठमाडौँ। करिब एक वर्षअघि २८ असोज २०८२ मा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट विश्राम लिएको धेरैको अनुमान थियो । विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेपछि त देउवाको सक्रिय राजनीति औपचारिक रुपमा नै समाप्त भयो भन्ने कतिपयको बुझाइ थियो । तर झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा । 

Deuwa-at-Chundevi+NPL-(10)-1787480328.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष महाधिवेशनप्रति असहमति राख्ने देउवापक्षीय नेताहरूले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गरेका छन् । त्यही कार्यालयमा देउवाको कार्यकक्ष छ । देउवाको कार्यकक्ष बाहिर ‘श्री शेरबहादुर देउवा, सभापति’ लेखिएको नेमप्लेट छ भने भित्र टेबलमा पनि सभापति नै लेखिएको नेमप्लेट राखिएको छ ।

Ncell
Extreme Energy

फागुन २१ को चुनावअघि, १३ फागुनमा उपचारका लागि सिंगापुर उडेका देउवा पाँच महिनापछि साउन २८ मा स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आफूपक्षीय नेताहहहरूले खोलेको सम्पर्क कार्यालय पुगेर उनले सम्बोधन गरे ।

त्यसै दिन पनि उनी केहीबेर आफ्नो ‘सभापतिको’ कार्यकक्षमा बसे । देउवाले सभापतिकै रूपमा इतरपक्षको राष्ट्रिय भेलाको उद्घाटन गरे, समापन पनि गरे ।

सिंगापुरबाट हङकङ र हङकङबाट बैंकक हुँदै काठमाडौँ फर्केका देउवाले आफू फेरि सभापतिकै रुपमा सक्रिय राजनीतिमा फर्केको सन्देश दिइरहेका छन् ।

आज (आइतबार) पनि उनी चुनदेवी कार्यालय पुगे । आदिवासी जनजाति नेताहरूले आयोजना गरेको चियापानमा सहभागी भए । केहीबेर सभापतिको कार्यकक्षमा बसेर भेटघाट गरे । आइतबार उनले प्रचार समितिका संयोजक मीन विश्वकर्मा, दीपक कुइँकेललगायत नेताहरूसँग केहीबेर छलफल गरेर बाहिरिए । Deuwa-at-Chundevi+NPL-(4)-1787480364.jpeg

प्रचार समितिका संयोजक विश्वकर्माका अनुसार आदिवासी जनजाति नेताहरूको चियापानमा सहभागी हुन देउवा आइतबार कार्यालय पुगेका हुन् । त्यही क्रममा केही नेताहरूसँग भेटघाट भएको उनले जानकारी दिए ।

रिटबारे कानुन व्यवसायी छलफलमै

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएपछि चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति नै निवर्तमान भइसकेको छ । आयोगकै निर्णयलाई ४ वैशाखमा सर्वोच्च अदालतले सदर गरिदिएपछि त तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले समेत आफूलाई ‘निवर्तमान कार्यबाहक’ सभापति लेख्न थालेका थिए ।

२१ साउनमा सर्वोच्चले आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनरवलोकनका लागि निस्सा दिएपछि भने देउवासहित उनी पक्षीय नेताहरूले आफूहरूलाई निवर्तमान भन्न छाडेका छन् । देउवाले आफै सभापति दाबी गरिरहेका छन् भने अन्य नेताहरूले आ आफ्नो पदअनुसारको दाबी गरिरहेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पन्ध्रौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष आफूहरूको सहमति र सहभागिता बिना महाधिवेशन हुन नसक्ने भन्दै रोक्ने योजनामा लागेको छ । Deuwa-at-Chundevi+NPL-(2)-1787480403.jpeg

त्यही योजनाअनुसार शुक्रबार नै देउवाका तर्फबाट सर्वोच्च अदालतमा रिट पेश गरिएको थियो । अन्तिम समयमा निवेदककै तर्फबाट रिट निवेदन फिर्ता लिइएको थियो । शुक्रबार फिर्ता लिएको रिट निवेदन भोलि (सोमबार) सर्वोच्च लगेर दर्ता गर्ने र महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्ने देउवा पक्षको तयारी छ ।

‘आज हामीले रिटका बारेमा छलफल गरेनौं’ प्रचार समिति संयोजक विश्वकर्माले भने ‘रिटको कुरा कानुनी विषय भएकाले कानुन व्यवसायीहरूले त्यसबारे अध्ययन गरिरहनु भएको छ।’

देउवाका तर्फबाट रिट निवेदन तयार पारिरहेका कानुन व्यवसायीहरूले भोलिसम्म रिट तयार पारेमा भोलि नै दर्ताका लागि निवेदन पेश हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।