नेभिगेशन
समाज

गाजाको पुनर्निर्माण प्यालेस्टिनी नेतृत्वमै हुनुपर्छ : गुटेरेस

एजेन्सी। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको पुनर्निर्माण प्यालेस्टिनी जनताको नेतृत्वमा हुनुपर्नेमा जोड दिएका छन्। उनले पुनर्निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराखी सामाजिक संरचनाको पुनःस्थापना, समुदायको घाउमा मलम लगाउने र प्यालेस्टिनी जनतालाई आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अवसर दिने प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्यालेस्टिनी जनतासँगको अन्तर्राष्ट्रिय एकता दिवसका अवसरमा प्यालेस्टिनी जनताको अपरिहार्य अधिकार अभ्यास समितिको विशेष बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा महासचिव गुटेरेसको मन्तव्य उनका सहायक महासचिव अमिना मोहम्मदले पढेर सुनाएकी थिइन्।

Marvel
Extreme Energy

गुटेरेसले गाजाको पुनर्निर्माण प्रक्रियामा प्यालेस्टिनी महिला र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। उनीहरूलाई पुनर्निर्माणका लाभग्राहीका रूपमा मात्र नभई आफ्नो समुदाय र भविष्यको निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने अवसर दिनुपर्ने उनको भनाइ थियो।

उनले घर, सडक र अन्य पूर्वाधार निर्माणसँगै द्वन्द्वबाट प्रभावित सामाजिक संरचनाको पुनःनिर्माण तथा समुदायलाई युद्धले सिर्जना गरेको पीडा र आघातबाट मुक्त गराउने प्रयास पनि सँगसँगै अघि बढाउनुपर्ने उल्लेख गरे।

संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकको संयुक्त मूल्याङ्कनले गाजामा भएको द्वन्द्वका कारण ७७ वर्षको मानव विकास उपलब्धि पछाडि धकेलिएको देखाएको उनले स्मरण गराए। यस अवस्थाबाट गाजालाई उकास्न स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, शिक्षा तथा जीविकोपार्जनका अवसरमा नागरिकको पहुँच तत्काल पुनःस्थापित गर्नुपर्ने उनले बताए।

महासचिव गुटेरेसले पुनर्निर्माणलाई राजनीतिक समाधानको विकल्पका रूपमा लिन नहुने स्पष्ट पारे। उनका अनुसार कब्जा गरिएको प्यालेस्टिनी क्षेत्र राजनीतिक, आर्थिक र भौगोलिक रूपमा एकीकृत रहनुपर्छ र एकल, वैध, सार्वभौम तथा लोकतान्त्रिक प्यालेस्टिनी सरकारअन्तर्गत एकजुट हुनुपर्छ।

“इजरायलको गैरकानूनी कब्जा यथाशीघ्र अन्त्य गर्नु र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नु हाम्रो सामूहिक प्रयासको केन्द्रमा हुनुपर्छ”, उनले भने।

उनले सन् २०२५ मा विभिन्न देशले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको र संयुक्त राष्ट्रसङ्घको महासभाले न्युयोर्क घोषणापत्र पारित गरेको प्रसङ्ग उल्लेख गर्दै त्यसबाट सिर्जित राजनीतिक गतिलाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए।

त्यसका लागि कानुनी वैधता नभएको विलय रोक्ने, इजरायली बस्ती विस्तार अन्त्य गर्ने, प्यालेस्टिनी संस्थाहरूलाई सुदृढ बनाउने र विश्वसनीय राजनीतिक प्रक्रिया अघि बढाउने कदम आवश्यक रहेको उनको भनाइ थियो।

प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित नभएसम्म मध्यपूर्वमा स्थायी शान्ति स्थापना हुन नसक्ने गुटेरेसले बताए। अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसङ्घका प्रस्ताव र यसअघि भएका सम्झौताका आधारमा इजरायल र प्यालेस्टाइन दुई स्वतन्त्र, सार्वभौम तथा लोकतान्त्रिक राष्ट्रका रूपमा शान्ति र सुरक्षासाथ रहनु नै व्यावहारिक समाधान भएको उनले उल्लेख गरे।

उनले सन् १९६७ को सीमारेखाका आधारमा दुवै राष्ट्रले सुरक्षित र मान्य सीमाभित्र सहअस्तित्व कायम गर्नुपर्ने बताए। गाजा र पश्चिम किनार प्यालेस्टाइन राज्यका अभिन्न अङ्गका रूपमा रहनुपर्ने तथा जेरुसेलम दुवै राज्यको राजधानी हुने व्यवस्था नै दिगो शान्तिको आधार बन्न सक्ने उनको धारणा थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भैरहवाको हवाई रुट दुईतर्फी बनाउने सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’ हो– अर्थमन्त्री वाग्ले

भैरहवाको हवाई रुट दुईतर्फी बनाउने सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’ हो– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको बताएका छन्। एकतर्फी सञ्चालन हुँदै आएको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १० देखि १२ वर्षदेखिको...
उपत्यकामा ७७४ सवारीचालक  किन परे कारबाहीमा?

उपत्यकामा ७७४ सवारीचालक किन परे कारबाहीमा?

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँच र वर्गीकरणका लागि हाइब्रिड मोडेल अपनाउने विषयमा छलफल गर्न सकिने बताएका छन्।
ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।