नेभिगेशन
समाज

उपत्यकामा ७७४ सवारीचालक किन परे कारबाहीमा?

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी र चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

Marvel
Extreme Energy

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १२६ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना र ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना कारबाहीमा परेका छन्।

यसैगरी निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई पनि कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानालगायतका कारबाही गरिएको प्रहरीले जनाएको छ।

सडक अनुशासन कायम राख्न ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच र निगरानी गर्दै आएको छ। प्रहरीले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ।

सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ताको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भयो– अर्थमन्त्री वाग्ले

भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भयो– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको बताएका छन्। एकतर्फी सञ्चालन हुँदै आएको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १० देखि १२ वर्षदेखिको...
चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँच र वर्गीकरणका लागि हाइब्रिड मोडेल अपनाउने विषयमा छलफल गर्न सकिने बताएका छन्।
ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
स्वर्णिम र शिशिरसँगको तस्बिर राखेर बालेनले लेखे– देश उभो लाउने टोली !

स्वर्णिम र शिशिरसँगको तस्बिर राखेर बालेनले लेखे– देश उभो लाउने टोली !

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो साझा गर्दै ‘देश उभो लाउने टोली’ लेखेका छन् ।