नेभिगेशन
समाज

भैरहवाको हवाई रुट दुईतर्फी बनाउने सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’ हो– अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको बताएका छन्। एकतर्फी सञ्चालन हुँदै आएको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १० देखि १२ वर्षदेखिको प्रयासपछि सम्भव भएको उनको भनाइ छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिलाई नेपालको हवाई सम्पर्क विस्तारका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरे।

Marvel
Extreme Energy

उनका अनुसार आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाका तथा अन्तर्राष्ट्रिय सहरसँग हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना छ। भैरहवा रुट दुईतर्फी भएपछि लुम्बिनीसहित पश्चिम नेपालमा हवाई पहुँच विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

बैठकमा मन्त्री वाग्लेले बागडोगरासँग जोडिएको १२५ किलोमिटर भूमिको विषयमा फैलिएका कतिपय टिप्पणी र हल्ला भ्रामक तथा झुटा रहेको स्पष्ट पारे। उनले उक्त विषयमा अनावश्यक भ्रम सिर्जना गरिएको बताए।

त्यस्तै, सुनकोशी–सप्तकोशी हाइ ड्याम परियोजना र सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमबारे अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने म्यान्डेटअनुसार काम भइरहेको उनले जानकारी दिए।

मन्त्री वाग्लेले भ्रमणका क्रममा भएको सहकार्यसम्बन्धी समझदारीपत्रले दुई देशबीचको सहयोगलाई औपचारिक, नियमित र संस्थागत बनाउन तथा समन्वयात्मक ढङ्गले अघि बढाउन सहयोग पुग्ने बताए।

रुपैयाँमै ऋण लिने र तिर्ने विकल्प

मन्त्री वाग्लेले भारतले घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान र एक खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण विशेषगरी ऊर्जा तथा प्रसारण लाइन क्षेत्रमा उपयोग हुने बताए। आवश्यक परे उक्त ऋण परिचालन गर्न सकिने गरी सुरक्षा सुनिश्चित गरिएको उनको भनाइ थियो।

विगतमा डलरमा ऋण लिँदा नेपाली मुद्रा अवमूल्यनका कारण ऋणको दायित्व बढ्ने समस्या देखिएको उल्लेख गर्दै उनले यसपटक भारतीय रुपैयाँमै ऋण लिने र भारतीय रुपैयाँमै तिर्ने विकल्पसमेत खुला गरिएको बताए।

उनका अनुसार यस व्यवस्थाले विनिमय दरमा हुने उतारचढावका कारण सिर्जना हुन सक्ने जोखिम कम गर्न सहयोग पुग्नेछ। सरकारले सहुलियतपूर्ण ऋणलाई आवश्यकताअनुसार परिचालन गर्ने तयारी गरेको पनि उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उपत्यकामा ७७४ सवारीचालक  किन परे कारबाहीमा?

उपत्यकामा ७७४ सवारीचालक किन परे कारबाहीमा?

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँच र वर्गीकरणका लागि हाइब्रिड मोडेल अपनाउने विषयमा छलफल गर्न सकिने बताएका छन्।
ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
स्वर्णिम र शिशिरसँगको तस्बिर राखेर बालेनले लेखे– देश उभो लाउने टोली !

स्वर्णिम र शिशिरसँगको तस्बिर राखेर बालेनले लेखे– देश उभो लाउने टोली !

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो साझा गर्दै ‘देश उभो लाउने टोली’ लेखेका छन् ।