नेभिगेशन
मुख्य समाचार

११ दिनमै फर्किए एनभिडियाका प्रमुख जेन्सेन हुआङ, कर्मचारीले ताली बजाएर गरे स्वागत

काठमाडौं । विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ पुनः काममा फर्किएका छन्। व्यक्तिगत सम्बन्ध र चीनसँग जोडिएको गुप्तचर गतिविधिसम्बन्धी विवादका कारण पदबाट राजीनामा दिएको ११ दिनमै कम्पनीको सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार (नोभेम्बर २३) कम्पनीको मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान्ता क्लारामा पुग्दा कर्मचारीले ताली बजाएर र उनको नाम उच्चारण गर्दै भव्य स्वागत गरे। कार्यालयका विभिन्न तलामा भेला भएका कर्मचारीले हुआङ फर्किएकोमा खुसी व्यक्त गरेका थिए।

Marvel
Extreme Energy

स्वागतका क्रममा हुआङले कर्मचारीसँग आफूलाई दोस्रो अवसर दिएकोमा धन्यवाद दिए। उनले भने, ‘यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफूले कर्मचारीलाई असहज परिस्थितिमा पारेको भन्दै माफीसमेत मागे। पहिलो दिन कार्यालय आएको जस्तो भएको भन्दै कम्प्युटरसमेत नयाँ लिनुपर्ने अवस्था आएको भनेर उनले ठट्टा गरेका थिए। 

किन राजीनामा दिएका थिए हुआङले?

एनभिडियाका सहसंस्थापकसमेत रहेका ६३ वर्षीय हुआङले नोभेम्बर १२ मा सीईओ पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि कम्पनीको नेतृत्वमा ठूलो अनिश्चितता उत्पन्न भएको थियो।

विदेशी सञ्चारमाध्यमका अनुसार उनीमाथि कर्मचारी र एक व्यवसायीसँग विवाहबाहिरको सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि दबाब बढेको थियो। तीमध्ये एक महिलाको चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको हुन सक्ने आशङ्कासमेत सार्वजनिक भएको थियो।

यससँगै एनभिडियाका अत्याधुनिक चिप चीनसम्म पुगेको विषयले पनि अमेरिकी अधिकारीहरूको ध्यान तानेको थियो। अमेरिकाले चीनमा अत्याधुनिक प्रविधि र चिपको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ।

तर, यी विषयमा अनुसन्धान जारी रहेकाले हुआङमाथि लागेका सबै आरोप प्रमाणित भइसकेका छैनन्।

राजीनामापछि हुआङले पुनः कम्पनीको नेतृत्व गर्न आफू तयार रहेको सङ्केत दिएका थिए। तर सुरुमा सञ्चालक समितिले उनलाई तत्काल फिर्ता ल्याउने योजना नरहेको बताएको थियो। 

ट्रम्पको हस्तक्षेपपछि बदलियो निर्णय

हुआङको पुनर्नियुक्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका महत्त्वपूर्ण देखिएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

समाचार संस्था रोयटर्स र एसोसिएटेड प्रेस (एपी) का अनुसार हुआङको बहिर्गमनपछि एनभिडियाको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो। उनको अनुपस्थितिले कृत्रिम बौद्धिकता (एआई) उद्योग र अमेरिकी प्रविधि क्षेत्रमै असर पर्न सक्ने चिन्ता बढेको थियो।

ट्रम्पले पनि हुआङलाई पुनः नेतृत्वमा ल्याउनुपर्ने पक्षमा सार्वजनिक रूपमा धारणा राखेका थिए। उनले सञ्चालक समितिसँग प्रत्यक्ष संवाद गरेको र हुआङको पुनर्नियुक्तिमा आफ्नो भूमिका रहेको बताएका थिए।

त्यसपछि नोभेम्बर २३ मा एनभिडियाको सञ्चालक समितिले सर्वसम्मत रूपमा उनलाई पुनः सीईओ, अध्यक्ष र सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गर्‍यो।

कम्पनीले अमेरिकी सरकारका उच्च अधिकारीबाट प्राप्त सुझावपछि हुआङको पुनर्नियुक्तिले राष्ट्रिय सुरक्षामा जोखिम नहुने निष्कर्षमा पुगेको जनाएको छ। 

सेयर बजारमा एकैदिन ठूलो उछाल

हुआङको पुनरागमनले सेयर बजारमा पनि तत्काल प्रभाव पारेको छ।

एपी र रोयटर्सका अनुसार सोमबार एनभिडियाको सेयर मूल्य ३१.५ प्रतिशतले बढेर प्रतिकित्ता १६५.०५ अमेरिकी डलर पुगेको थियो। यसले कम्पनीको बजार मूल्यमा ठूलो वृद्धि ल्यायो।

हुआङको नेतृत्वमा एनभिडियाले विश्वव्यापी एआई उद्योगमा बलियो स्थान बनाएको छ। एआई प्रणाली सञ्चालन गर्न आवश्यक पर्ने उच्च क्षमताका चिप उत्पादनमा कम्पनी अग्रणी छ।

त्यसैले उनको बहिर्गमनलाई एउटा कम्पनीको नेतृत्व परिवर्तनका रूपमा मात्रै नभई समग्र एआई उद्योगको स्थिरतासँग जोडेर हेरिएको थियो। 

तर विवाद भने सकिएको छैन

हुआङ काममा फर्किए पनि उनी र एनभिडियासँग जोडिएका विवाद समाधान भइसकेका छैनन्।

अमेरिकी संसद्का विभिन्न समितिले कम्पनीको चीनसँगको कारोबार, चिप निर्यात नियन्त्रण र राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा अनुसन्धान गरिरहेका छन्। हुआङले डिसेम्बर ३ मा अमेरिकी संसद्मा बयान दिने कार्यक्रम रहेको रोयटर्सले जनाएको छ।

एनभिडियाले पनि हुआङमाथि विदेशी गुप्तचर गतिविधिसम्बन्धी आशङ्काबारे छुट्टै अनुसन्धान गरिरहेको छ। त्यस्तै, व्यापार तथा निर्यात नियन्त्रणसम्बन्धी विषय हेर्न स्वतन्त्र सञ्चालकहरूको समिति गठन गरेको छ।

यसको अर्थ हुआङको पुनरागमनले तत्कालका लागि कम्पनीको नेतृत्वसम्बन्धी अन्योल हटाए पनि उनीमाथि उठेका प्रश्नको जवाफ आउन बाँकी छ।

रोयटर्सले उनको पुनरागमनलाई एआई उद्योगमा हुआङको असाधारण प्रभावको उदाहरणका रूपमा व्याख्या गरेको छ। एउटा व्यक्तिको बहिर्गमनले प्रविधि कम्पनी मात्र होइन, सेयर बजार र समग्र एआई उद्योगलाई प्रभावित पार्न सक्ने अवस्था यस घटनाले देखाएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गाजाको पुनर्निर्माण प्यालेस्टिनी नेतृत्वमै हुनुपर्छ : गुटेरेस

गाजाको पुनर्निर्माण प्यालेस्टिनी नेतृत्वमै हुनुपर्छ : गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको पुनर्निर्माण प्यालेस्टिनी जनताको नेतृत्वमा हुनुपर्नेमा जोड दिएका छन्।
भैरहवाको हवाई रुट दुईतर्फी बनाउने सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’ हो– अर्थमन्त्री वाग्ले

भैरहवाको हवाई रुट दुईतर्फी बनाउने सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’ हो– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको बताएका छन्। एकतर्फी सञ्चालन हुँदै आएको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १० देखि १२ वर्षदेखिको...
उपत्यकामा ७७४ सवारीचालक  किन परे कारबाहीमा?

उपत्यकामा ७७४ सवारीचालक किन परे कारबाहीमा?

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

चलचित्र जाँचमा हाइब्रिड मोडेलबारे छलफल गर्न सकिने सञ्चारमन्त्रीको भनाइ

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँच र वर्गीकरणका लागि हाइब्रिड मोडेल अपनाउने विषयमा छलफल गर्न सकिने बताएका छन्।