नेभिगेशन
समाज

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छः गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार पार्टीको नीति, विचार र आगामी कार्यदिशा निर्धारण गरिने बताए । 

Marvel
Extreme Energy

“विगतको गौरवशाली इतिहासको स्मरण गर्दै नयाँ इतिहास निर्माण गर्ने सङ्कल्प गरेका छौँ, राष्ट्रिय पुनर्जागरणलाई विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकाङ्क्षासँग जोडेर अघि बढ्ने छौँ ।  आगामी दिनमा राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने छ”, उनले भने । 

सभापति थापाले गत फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै त्यसको समीक्षा गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ जनताको विश्वास जिती लोकप्रिय पार्टीका रुपमा स्थापित हुनसक्नुपर्नेमा जोड दिए । 

उनले २०६२र६३ को जनआन्दोलनपछिका २० वर्षको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै संविधान निर्माणपछि जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको बताए । 

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले गत संसदीय निर्वाचनमा प्राप्त गरेको जनादेशलाई कांग्रेसले सम्मान गर्ने बताउँदै रास्वपालाई पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा व्यक्त गरे । 

कांग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उल्लेख गर्दै उनले सरकारका राम्रा काममा सहयोग गर्ने, कमजोरीमा प्रश्न उठाउने, आवश्यकताअनुसार खबरदारी र प्रतिरोध गर्ने धारणा राखे । 

उनले पार्टीको विधान कार्यान्वयनमा भने कुनै सम्झौता नहुने भन्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको सदस्यता लिने व्यक्तिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताए । सभापति थापाले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा विधानअनुसार कारबाही हुने स्पष्ट गरे ।

सभापति थापाले आगामी पुस १५ गतेभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिए। बैठकमा स्थानीय निर्वाचनको प्रारम्भिक तयारी र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल हुने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन...
११ दिनमै फर्किए एनभिडियाका प्रमुख जेन्सेन हुआङ, कर्मचारीले ताली बजाएर गरे स्वागत

११ दिनमै फर्किए एनभिडियाका प्रमुख जेन्सेन हुआङ, कर्मचारीले ताली बजाएर गरे स्वागत

विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ पुनः काममा फर्किएका छन्।
गाजाको पुनर्निर्माण प्यालेस्टिनी नेतृत्वमै हुनुपर्छ : गुटेरेस

गाजाको पुनर्निर्माण प्यालेस्टिनी नेतृत्वमै हुनुपर्छ : गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको पुनर्निर्माण प्यालेस्टिनी जनताको नेतृत्वमा हुनुपर्नेमा जोड दिएका छन्।
भैरहवाको हवाई रुट दुईतर्फी बनाउने सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’ हो– अर्थमन्त्री वाग्ले

भैरहवाको हवाई रुट दुईतर्फी बनाउने सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’ हो– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको बताएका छन्। एकतर्फी सञ्चालन हुँदै आएको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १० देखि १२ वर्षदेखिको...