नेभिगेशन
समाज

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत बस्नेतले एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको भनाइ उद्धृत गर्दै पार्टीभित्र अध्यक्ष परिवर्तनको हल्ला निराधार रहेको दाबी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्नेतका अनुसार अध्यक्ष ओलीले एमालेमा अध्यक्ष हटाउने हल्लालाई ‘बलेसीबाट खसेको पानीको फोकाजस्तै क्षणिक र निराधार’ भएको बताएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै, महासचिव शंकर पोखरेलले विराटनगरमा बोल्दै ओलीलाई अध्यक्षबाट हटाउने भनेर फैलाइएको हल्ला निराधार भएको स्पष्ट पारेको बस्नेतले उल्लेख गरेका छन् ।

पोखरेलले यस्ता प्रचारबाजी पार्टीको एकता, अनुशासन र संगठन कमजोर बनाउने उद्देश्यले फैलाइएको भ्रम भएको बताएको बस्नेतको भनाइ छ ।

एमाले विधि, नीति र संस्थागत निर्णयअनुसार अघि बढिरहेको उल्लेख गर्दै पोखरेलले बाह्य हल्लाले पार्टीको नेतृत्व र दिशामा कुनै प्रभाव पार्न नसक्ने स्पष्ट गरेको बस्नेतले बताएका छन् ।

बस्नेतले अध्यक्ष ओलीलाई हटाउने विषयमा फैलाइएको हल्ला अब समाप्त भएको दाबी गरेका छन् ।

उनले एमालेले वर्तमान चुनौतीको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाउने र ‘जनविरोधी बालेन सरकार’विरुद्ध आन्दोलन सुरु गर्ने बताएका छन् ।

‘अब एमालेभित्र पार्टी पुनर्गठनको नाममा अध्यक्ष फेर्ने भनेर फैलाइएको हल्ला समाप्त भएको छ,’ बस्नेतले लेखेका छन्, ‘आजका चुनौतीहरूको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाउँदै वर्तमान जनविरोधी बालेन सरकारविरुद्ध आन्दोलन सुरु गरिनेछ ।’

बस्नेतले आफ्नो पोस्टमा अध्यक्ष ओली र महासचिव पोखरेलका भनाइलाई आधार बनाउँदै पार्टी नेतृत्व परिवर्तनसम्बन्धी चर्चालाई खण्डन गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।
एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय

साउथ अष्ट्रेलियाको पुरानो नेपाली संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभाले बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।