नेभिगेशन
नेताका कुरा

बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकारबारे आफ्ना सांसद र मन्त्रीहरुसँग खुलेर बोलेका छन् । 

बुधबार संसदीय दलमा सांसदहरु र मन्त्रीहरुसँगको छलफलमा सभापति लामिछानेले प्रधानमन्त्री शाह र उनका सल्लाहकार बेनसँग सबै विषयमा कुराहरु हुने गरेको खुलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले आफूहरुबीच खुलस्त कुरा हुने भन्दै यताको कुरा उता लाउने र उताको कुरा यता लगाउने काम बन्द गर्न पनि निर्देशन दिए । 

Ncell
Extreme Energy

'यो बालेन वा रवि पार्टी होइन । रास्वपा एउटा पार्टी हो । काम गर्ने भए रास्वपा हुने हो । नभए छोड्ने हो,' उनले भने, 'हामी सबै एक हो । हामीमा त्यस्तो केही छैन । हामी कहिलेकाँही साझमा भेट्दा सँगै नाच्छौं ।'

सभापति लामिछानेले प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनले सबै कुरा शेयर गर्ने गरेको पनि सुनाउँदै कुरा नलगाउन सचेत गराए । 'तपाईहरुले कुमारलाई भने पनि कुमारले सुनाइहाल्छ । घरी कुमारतिर, घरी यतातिर नगर्नुस् । हामी एकै हो । देश बनाउने उद्देश्यमा सँगै हिँडिरहेका छौं । कसैले यो र त्यो नठान्नुहोला,' उनले भने । 

सरकार र पार्टीका हरेक गतिविधि र निर्णयमा प्रधानमन्त्री वा कुमार बेनसँग सल्लाह र समन्वय भइरहेको पनि सभापति लामिछानेले स्पष्ट पारेका थिए । उनले कहिले आफूलाई त कहिले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कहाँ पुगेर चलखेल गरेकामा भने सांसदहरुसँग समग्रतामा असन्तुष्टि जनाएका थिए । 

छलफलपछि पनि सभापति लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री शाहसँग आफ्नो सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पारेका थिए । प्रधानमन्त्री शाहले ‘एक्लै लडिरहेको छु’ भन्दै लेखेको विषयलाई राजनीतिक असन्तुष्टिसँग जोड्न नहुने उनको भनाइ छ । ‘प्रधानमन्त्रीले एक्लै लडिरहेको छु भनेर लेख्नुभएको विषय हेर्दा उहाँ त एउटा पोइट पनि हो, कलाकार पनि हो । त्यसकारण हामीले सोचेजस्तो राजनीतिक अर्थ खोज्ने नै होइन,’ उनले भने, ‘यहाँ सरकारसँग सिंगो पार्टी उभिएको छ । उहाँ कसरी एक्लो हुनुहुन्छ ?’ 

सभापति लामिछानेले आफू र प्रधानमन्त्री जनताले दिएको म्यान्डेटमा स्पष्ट रहेको बताए । ‘हामी जनताले दिएको म्यान्डेटमा स्पष्ट छौँ । यो रविले बालेनलाई र बालेनले रविलाई गरेको वाचा होइन, इतिहास र देशसँग सँगै बसेर हामीले गरेको वाचा हो,’ उनले भने ।

सामान्य मतभेद वा व्यक्तिगत विषयलाई राजनीतिक सम्बन्धसँग जोड्न नहुने उनको भनाइ छ । ‘यस्ता सामान्य कुराले यत्रो राजनीतिक कमिटमेन्ट, ऐतिहासिक कमिटमेन्ट र सम्बन्ध बिग्रियो भन्ने हुँदैन । घरमा परिवारसँग जिस्केको वा साथीभाइसँग सानो कुरा नमिलेर सम्बन्ध बिग्रेको हो र ? यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन । संवेदनशील विषय हो र यसको संवेदनशीलता बुझ्दछौँ,’ उनले भने ।

चार महिना मात्रै सरकार सञ्चालनमा आएको उल्लेख गर्दै लामिछानेले रमाइलोका लागि जसले जे भने पनि आफूलाई आपत्ति नभए पनि सरकार र नेतृत्व गम्भीरतापूर्वक अघि बढिरहेको बताए । ‘वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनीतिक सुझबुझका साथ देशको भविष्य र इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौँ । अरू कुनै कुराको अर्थ र गुन्जायस बिल्कुलै छैन,’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्ने प्रयास भइरहेको बताएका छन्।