नेभिगेशन
नेताका कुरा

प्रधानमन्त्रीले माने सभामुखको रुलिङ, दुई भिभीआईपीबीच यस्तो भयो सल्लाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सदनबाट आएको रुलिङ स्वीकार गरेका छन् । 

सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकबाट सांसदले उठाएका प्रश्नको जवाफ दिन पहिलोपटक प्रधानमन्त्री शाहकै नाममा रुलिङ गरेका थिए । 'माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली नियम, ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषय प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ । यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखले प्रधानमन्त्री शाहलाई दुइटा रुलिङ गरेका थिए । पहिलो सांसदहरुले उठाएको प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीले सम्हालिरहेको रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने । दोस्रो प्रतिनिधि सभा नियमावलीअनुसारको प्रत्येक महिनाको पहिलो हप्ता सञ्चालन हुने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुने । 

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले दुबै रुलिङ मानेको संसद सचिवालयका अधिकारीले बताएका छन् । उनीहरुका अनुसार सभामुखको रुलिङ प्रधानमन्त्री शाहले मानेका छन् ।

सभामुख र प्रधानमन्त्रीबीच सल्लाह भएर प्रधानमन्त्रीले जवाफ दिने दिन तोकिएको संसद सचिवालयका एक पदाधिकारीले बताए । 'सभामुखज्यूले सुरुमा रुलिङ गर्नुभयो । रुलिङमा उठेका जवाफ र नियमावलीको नियम ५६ को प्रत्यक्ष प्रश्नोत्तरको कुरा थियो । लगत्तै प्रधानमन्त्री कार्यालयसँग परामर्श गरी जवाफ दिने दिन तोकिएको हो । प्रधानमन्त्रीले भदौ १० गते भ्याउँछु भनेपछि सोही बमोजिम सभामुखज्यूले सभामा जानकारी गराउनुभयो,' ती पदाधिकारीले भने । 

सोमबारको प्रतिनिधि सभा बैठकको अन्तिममा सभामुख अर्यालले नियमावलीको परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम १० भदौको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराएका हुन् । यसका लागि ५ भदौको १ बजेसम्म प्रश्न दिन सभामुखले आग्रह गरेका छन् ।

दुबै भिभिआईपीबीच समझदारीमै जवाफ दिने मिति तोकिएपछि संसदले अब गति लिने विश्वास गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै