नेभिगेशन
मुख्य समाचार

रास्वपा सचिवालयमा थपिए ११ सदस्य (सूची)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ११ जना सचिवालय सदस्य मनोनयन गरेको हो।

रास्वपाका एक सदस्यका अनुसार सचिवालय सदस्यमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव मनोनित भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, बैठकले जगदिश खरेललाई पार्टी प्रवक्ता र डा. मनोहर प्रधानलाई कोषाध्यक्षमा मनोनयन गरेको छ।

Ncell
Extreme Energy

रास्वपाको विधानअनुसार पार्टी केन्द्रीय सचिवालयमा पदाधिकारीसहित थप सदस्य मनोनयन गर्न सकिने व्यवस्था छ। पछिल्लो निर्णयसँगै पार्टीको सचिवालय थप विस्तार भएको छ।

यसअघि बसेको पहिलो पार्टी केन्द्रीय समिति बैठकले निर्वाचित पदाधिकारी रहेको सचिवालय गठन गरेको थियो । जसमा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाह, हरि ढकाल र निशा डाँगी थिए ।

आज ११ जना थपिएसँगै रास्वपा सचिवालय १८ सदस्यीय बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट समेत बाटो खुलेको छ।
रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनीत गरेको हो ।