नेभिगेशन
सबै कुरा

वीरगंज झडपमा ११ प्रहरी घाइते

वीरगंज ।  वीरगंजमा दुईपक्षको विवादपश्चात झडप हुदाँ ११ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार दुई पक्षबीच विवाद साम्य पार्न पुगेको प्रहरीलाई प्रदर्शनकारीले ताकेर ढुङ्गा मुढा प्रहार गरेका थिए । ढुंगामुढाका कारण नेपाल प्रहरी ९ जना र सशस्त्र प्रहरी २ जना गरी ११ जना प्रहरी घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

रौतहटको ईशानाथ नगरपालिकाको मोतिपुरमा फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगंजमा बन्द, जुलुस तथा प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा विवादले उग्र रुप लिदाँ प्रहरीको टाउको, खुट्टा लगायतको स्थानमा चोट लागेको हो । घाइते प्रहरीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

त्यस्तै स्थिती नियन्त्रणबाहिर गएपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा साँझ ५ बजेदेखी कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरी पुल भित्र पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । 

प्रशासनले निषेधित क्षेत्रमा आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ र्याली तथा अन्य कुनै उङ्खल गतिबिधि गर्न नपाउने उल्लेख गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।