नेभिगेशन
सबै कुरा

त्रिवि सेवा आयोगको सदस्य सिफारिसका लागि प्रक्रिया सुरु, बौद्धिक चोरीमा संलग्नलाई आवेदन दिन बन्देज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा रिक्त सेवा आयोगको सदस्य पदका लागि सिफारिस प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइ लागु गरेपछि सोही कार्यविधि बमोजिम सिफारिस प्रक्रिया अघि बढेको हो । खुला प्रतिस्पर्धा मार्फत रिक्त पदपूर्तिका लागि आवेदन आह्वानको सूचना मन्त्रालयको वेबसाइटमा राखिने मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रकृयाको नेतृत्व लिनसक्ने दुरदृष्टि, दृढ नेतृत्व शैली प्रकट गरि कार्य गर्न सक्ने व्यक्तिको छनोट सुनिश्चित गर्नु मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

Extreme Energy
citizen life

सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो सङ्गठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिनेछ मन्त्रालयले जनाएको छ ।

आवेदकहरु कम्तिमा १० वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तिमा २ वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र पिलग्रिम्समा दोषी प्रमाणित नभएको स्व घोषणा पनि संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।  

यस्ताे छ मन्त्रालयकाे सूचना

त्रिभुवन विश्वविद्यालयमा रिक्त सेवा आयोगको सदस्य पदका लागि सिफारिस प्रक्रिया सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइ लागु गरेकाले सोही कार्यविधि बमोजिम सिफारिस गरिनेछ। खुला प्रतिस्पर्धा मार्फत रिक्त पदपूर्तीका लागि आवेदन आह्वानको सूचना मन्त्रालयको वेबसाइटमा राखिनेछ। सबै शिक्षाविद् र सरोकारवालालाई यो खुला आवेदनको सूचना सम्प्रेषण गरी उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग गर्न आग्रह गर्दछौँ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरु नियुक्त गर्ने प्रकृयाको नेतृत्व लिनसक्ने दुरदृष्टि, दृढ नेतृत्व शैली प्रकट गरि कार्य गर्न सक्ने व्यक्तिको छनोट सुनिश्चित गर्नु मुख्य उद्देश्य रहेको छ।

सिर्जनात्मक, आत्मविश्वासी, सहयोगी, उदार, सकारात्मक सोच, निरन्तर सक्रिय तथा सञ्चार क्षमता भएको, आफ्नो कर्तव्य निर्वाहको क्रममा कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापुर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो संगठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिनेछ।

आवेदक कम्तिमा १० (दश) वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तिमा २ (दुई) वर्ष उच्च शैक्षिक सँस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र Plagiarism मा दोषी प्रमाणित नभएको स्व- घोषणा पनि संलग्न गर्नुपर्नेछ।  

आवेदनसँग विद्यावारिधि उपाधिको प्रमाणपत्र र प्राध्यापक पदमा नियुक्तिपत्रकाे प्रतिलिपि,  प्राज्ञिक अभ्यासको हकमा कम्तीमा  SCImago Journal अन्तर्गत सुचिकृत जर्नलमा प्रकाशित लेखको विवरण र NEPJOL मा सूचिकृत समकक्ष समिक्षित जर्नल(Peer Reviewed Journal) मा लेख प्रकाशन गरेको भए सोको वेवसाइट लिंक, उच्च शैक्षिक स‌ंस्थाको व्यवस्थापकीय पदमा २(दुई) वर्षको अनुभव हाँसिल गरेको प्रमाणको प्रतिलिपि संलग्न गरेको हुनुपर्नेछ।

यसरी नै विश्वविद्यालयसँग स्वार्थ नबाझिएको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदका लागि अयोग्य नरहेको र कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउन सेवा आयोगको निष्पक्षता, तटस्थता, गुणस्तर र कार्यक्षमता अभिवृद्धिको निमित्त आगामी रणनीति सम्बन्धी कार्ययोजनासहितको ३,००० शब्दको सोचपत्र, अन्तराष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेको अनुभव भए सोको प्रति र विवरण सहित नेपाली नागरिकताको प्रतिलिपि राखेर आवेदन दिनुपर्नेछ। आवेदनका लागि ६५ वर्षको उमेर हद कायम गरिएको छ।

उल्लेखित योग्यता पुगेको आवेदकले अनुसन्धान, शिक्षण, उद्योग-शिक्षा सहकार्य र प्रशासनिक उपलब्धिहरूको जानकारीको स्पष्ट उल्लेख भएको, निर्धारित ढाँचामा विस्तृत वायोडाटा/ व्यक्तिगत विवरण सहित उम्मेदवारीको स्व-घोषणायुक्त दुई पृष्ठको औचित्य र कार्ययोजना सहितको सोचपत्र सहित आवेदन दिन सक्नेछ। दरखास्त विद्युतीय माध्यमबाट पेस गर्नेगरी व्यवस्था गरिएको छ।

दश दिनको समय दिएर सम्भावित उम्मेदवारहरुबाट आवेदन आह्वान गरिएको छ। तीनजना सदस्य रहेको पदाधिकारी छनौट विज्ञ उप-समिति (Technical Evaluation Committee) ले प्राप्त आवेदकहरुको योग्यता र कृतिको मुल्यांकन गरेर सर्ट लिष्ट निकाल्नेछ वा कार्यविधिमा उल्लेख भए बमोजिम सबै आवेदकहरुको प्रक्रिया अगाडी बढाइनेछ। विज्ञ उप-समितिको सिफारिस पश्चात मूल छनोट समितिले प्रस्तुतीकरण र अन्तर्वाता लिएर उत्कृष्टता आधारमा सदस्य सिफारिस गरिनेछ। आवेदनको लागि सूचना प्रकाशन यही चैत्र १८ गते गरिएको छ भने चैत्र २८ गते बेलुका ५ (पाँच) बजेसम्म आवेदन पेश गर्नुपर्नेछ।

आवेदन फारामः https://forms.gle/yz8vYHWHcvQEs5DC7                                         

कार्यविधिः https://moest.gov.np/post/3_6609090b0b5fa 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न जनकपुरधाम उपमहानगरपालिकाको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न जनकपुरधाम उपमहानगरपालिकाको निर्देशन

सो पालिकाको नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार सो निर्देशन गरिएको विज्ञप्तिमा जनाइएको छ । विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६१...
शिक्षामन्त्रीले पत्रकारलाई भनेः ‘कहिलेकाँही बाटो बिराउन सक्छौँ, खबरदारी गर्नुहोला’

शिक्षामन्त्रीले पत्रकारलाई भनेः ‘कहिलेकाँही बाटो बिराउन सक्छौँ, खबरदारी गर्नुहोला’

“शिक्षाका क्षेत्रमा कलम चलाउने पत्रकारहरूले देखिएका राम्रा, नराम्रा विषयहरू निरन्तर बाहिर ल्याउनुपर्छ । हामीले कहिलेकाँही बाटो बिराउन पनि सक्छौँ । त्यस्तो बेलामा खबरदारी गर्नुपर्छ । बाटो बिराइएको ठाउँमा...
कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

सोही निर्णयअनुसार हाल कायम रहेको पोशाक खरिद नगर्न अभिभावक तथा सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ।

भर्खरै