नेभिगेशन
सबै कुरा

सिद्धबाब सुरुङ : मृत्युमार्गको विकल्प

पाल्पा । मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण हुँदै छ । ठेक्का सम्झौता भएको दुई वर्ष नाघिसक्दा तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै पूरा भएको छ । पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको हो । 

राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको हो । अप्ठ्यारो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माणको काम सुरु भएको हो । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्नेछ । 

City Express

निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिदा सुरुङ खन्ने काममा ढिलाई भएको हो । मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४५ मिटर सुरुङ खनिएको छ । उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान गर्ने काम भइरहेको छ । दक्षिण र उत्तरतर्फका दुबै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सन लगायतका काम एकसाथ अघि बढाएको छ । १५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।


आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२ दशमलव ४७ प्रतिशत आर्थिक प्रगति भएको छ । निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । आगामी आर्थिक वर्षमा करिब ३ अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ को चैतसम्म १ अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ । 

जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे २ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने हुन्छ । तराईदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास छ ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारेका हुन । उनले कुनै पनि निर्माण व्यवसायीप्रति...
जनश्रमदानबाट सडक मर्मत

जनश्रमदानबाट सडक मर्मत

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो...
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...