नेभिगेशन
मुख्य समाचार

जनश्रमदानबाट सडक मर्मत

पर्वत । पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन् । विसं २०५८ मा उक्त मार्ग खोलिएको हो । त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो ।

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले सडक भत्काएको थियो ।

कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक बगाएको देउपुरका पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए । पहिरोले क्षतिग्रस्त सडकमा सवारीसाधन चलाउन सकिने अवस्था थिएन । वडा नं १, २ र ३ का करिब चार सय जनाले श्रमदान गरेका थिए । उनले भने, “गाउँलेले झण्डै रु चार लाख बराबरको श्रमदान गरेका छन्”,।

सडक मर्मत भएसँगै चाडवाडको बेला गाउँमा आउनेजाने यात्रुलाई सहज हुने भएको छ । मोदी गाउँपालिका–१, २ र ३ लाई गाउँपालिकाको केन्द्र पातिचौर तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्ने मुख्य सडक नै अवरुद्ध भएको थियो ।

पहिरो नियन्त्रण गर्न यसअघि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत रु ३३ लाखको लगानीमा काम सुरु भएको थियो । तर काम नसकिँदै गत असारमा आएको पहिरोले सडक बगाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।