नेभिगेशन
सबै कुरा

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीतिमार्फत समाधान गर्नुपर्छ : प्रधानमन्त्री

 २९ भदाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई आज सम्बोधन गर्दै पर्वतीय राष्ट्रका समस्या पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्ने ठोस पहल आवश्यक रहेको उनले बताए। 

Ncell
Extreme Energy

नेपालका उस्तै समस्या भएका पर्वतीय मुलुकको समस्यालाई रणनीतिकरूपमा उठान गरी पर्वतीय मुलुकसँग सहकार्यको रणनीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्वतीय क्षेत्रलाई लक्षित गरेर विशेष योजना र कार्यक्रम तय गर्नका लागि सरकारवालासँग छलफल र सहकार्य गर्न आग्रह गरे । 

नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको औँल्याउँदै उनले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताए । 

‘गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित छ । जलवायु परिवर्तनको समस्याका साथै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठूलो चिन्ताको विषय बनेको छ”, प्रधानमन्त्री दाहालले भने, ‘यिनै चुनौतीलाई ध्यानमा राखी मेरो नेतृत्वको सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ ।’

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आगामी असोज ३ मा हुन लागेको जलवायु महत्वकाङ्क्षी शिखर सम्मेलनमा आफ्नो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहने जानकारी दिँदै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाले गरेका उल्लेखनीय कामको प्रस्तुति हुने बताए । 

शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालनाका लागि नेपालले पैरवी गर्ने उल्लेख गर्दै उनले अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयन गर्न जोडदार माग गरिने बताए । ‘नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइबारेमा सम्बन्धित निकायसँग छलफल गरिनेछ’, प्रधानमन्त्री दाहालले भने।

उनले जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋणमा केन्द्रित भएको विषयप्रति असहमति प्रकट गर्दै अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्धन प्रदान गरिने सहयोग वित्त अनुदान र जलवायु न्यायको रूपमा आउनुपर्ने सुनिश्चितताको पैरवी गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री दाहालले आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्सको (दुबई)मा हुने जलवायु परिवर्तनसम्बन्धी बैठकमा नेपालले समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा उठाउनुपर्ने विषयलाई ध्यान दिनुपर्ने बताए। ‘गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्न अवश्यक छ, उनले भने, ‘यस विषयमा कोपमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको छलफल जरूरी छ ।’

प्रधानमन्त्री दाहालले अनुकूलन वित्तको सहयोगबाट राष्ट्रिय र स्थानीय तहको अनुकूलन र स्थानीय समुदायको लाभमा परिचालन सुनिश्चित गर्न स्थानीय अनुकूलन योजना कार्यान्वयन र स्थानीयस्तरमा ८० प्रतिशत जलवायु वित्त प्रवाहमा हासिल गरेको सफलतालाई विश्वसामु प्रस्तुत गरी स्थानीय तहको अनुकूलनका लागि निश्चित वित्तको व्यवस्था सम्बन्धमा पैरवी गर्नुपर्ने बताए ।  बैठकमा उपप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, प्राध्यापक, विज्ञलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२४ कम्पनीलाई आइपिओ बिक्रीका लागि अनुमति प्रदान

२४ कम्पनीलाई आइपिओ बिक्रीका लागि अनुमति प्रदान

बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता...
राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आइतबार यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या...
विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः  सभापति थापा

विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आइतबार आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताएका...
चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ ।