नेभिगेशन
समाज

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

काठमाडौँ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा ठूलो क्षति पुगेपछि प्रहरीले घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउने काम गरिरहेको छ। सीमित स्रोतसाधनका बाबजुद प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन प्रहरी निरन्तर खटिएको जनाएको छ।

Ncell
Extreme Energy

प्रहरीले ढुङ्गा–माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने तथा विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक महत्वका भवनमा जम्मा भएको फोहोर तथा भग्नावशेष हटाएर पुनः सञ्चालनमा ल्याउने कामलाई प्राथमिकता दिएको छ। स्थानीय तह, बासिन्दा तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा ती काम भइरहेको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बाढी प्रभावित क्षेत्रका नागरिकको जीवनयापन सहज बनाउन प्रहरी थप क्रियाशील भएर लागेको बताए।

“पीडितहरूको घर सफा गर्ने, भग्नावशेषमा भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने तथा विद्यालय र स्वास्थ्य संस्थामा जम्मा भएका ढुङ्गा–माटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ”, उनले भने।

बाढीका कारण सिर्जित मनोवैज्ञानिक त्रासलाई ध्यानमा राख्दै नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन पनि प्रहरीले पहल गरिरहेको प्रवक्ता काफ्लेले बताए। भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षतिसँगै प्रभावित क्षेत्रका बासिन्दामा मनोवैज्ञानिक त्राससमेत सिर्जना गरेको छ।

विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामा परेको मानसिक असरलाई ध्यानमा राख्दै प्रहरीले मनोपरामर्श सेवासमेत दिइरहेको छ। घरपरिवार तथा सम्पत्ति गुमाएका पीडितमा उत्पन्न हुनसक्ने मानसिक तनावलाई ध्यानमा राखेर दैनिक जीवनयापन सहज बनाउने कामलाई प्रहरीले प्राथमिकता दिएको हो।

विभिन्न जिल्लाका होल्डिङ सेन्टरलगायत स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने दुर्व्यवहार र हिंसाका घटनाप्रति प्रहरी थप संवेदनशील भएर लागेको जनाएको छ।

उद्धार गरिएका व्यक्तिलाई राहत वितरण गर्दा स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी व्यवस्थित र पारदर्शी रूपमा काम भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार बाढी प्रभावित जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म १९६ वटा कार्यक्रम सञ्चालन गरिएका छन्। ती कार्यक्रमबाट ४७ हजार ७७४ जना लाभान्वित भएका छन्।

विपद्पश्चात्का विभिन्न व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन प्रहरीले ‘टिमुरे टु त्रिवेणी’ अपरेसनसमेत सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि यी हुन् २१ बुँदे कार्ययोजना

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि यी हुन् २१ बुँदे कार्ययोजना

सरकारले पुँजी बजारमा देखिएको शिथिलता हटाउँदै धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।